राजनीतिक दल र शासन व्यवस्था लोकतान्त्रिक मूल्य मान्यताअनुसार सञ्चालन हुनुपर्छ : सिंह « Khabarhub

राजनीतिक दल र शासन व्यवस्था लोकतान्त्रिक मूल्य मान्यताअनुसार सञ्चालन हुनुपर्छ : सिंह


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिक दल एवं मुलुकको शासन व्यवस्था लोकतान्त्रिक मूल्य मान्यता र विधिको शासनअनुसार सञ्चालन हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

कांग्रेसका पूर्वमहामन्त्री सिंहले प्रजातान्त्रिक विचार समाजको प्रतिनिधि मण्डलसँग आज आफ्नै निवास चाक्सीबारीमा भएको भेट तथा अन्तरक्रिया कार्यक्रममा मुलुकमा स्थापित लोकतन्त्र, नागरिक अधिकारसहित राष्ट्रको अस्तित्वमाथि नै सङ्कट आउन लागेकाले देशभरका प्रजातन्त्रवादी शक्तिबीच एकता हुन आवश्यक रहेको बताए ।

मुलुकमा व्याप्त विकृति, विसङ्गति, भ्रष्टाचार र कुशासनविरुद्ध राजनीतिक दलहरु एकजुट हुनुपर्ने खाँचो औँल्याउँदै उनले भने, “पैसाको बलमा पार्टी सङ्गठन कब्जा गर्ने र राजनीति नै खरिद गर्ने प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्नुपर्ने चुनौती थपिएको छ । राजनीतिक दल र नेताभन्दा पनि माथि उठेर विचार, सिद्धान्त, नीति एवं नैतिकताको पक्षमा वकालत गर्न वैचारिक समाजका सदस्यहरूसहित प्रजातन्त्रवादी बौद्धिक समुदायको ध्यानाकर्षण गर्दछु ।”

प्रजातन्त्रको अभावमा प्रजातान्त्रिक विचार समाजलगायतका वैचारिक नागरिक सङ्घ, संस्थाको अस्तित्वसमेत नामेट हुने प्रसङ्ग उल्लेख गर्दै नेता सिंहले मानव अधिकार र प्रजातन्त्रको रक्षाका लागि एकताबद्ध हुन सम्पूर्ण युवा, विद्यार्थी, पेसा व्यवसायीसहित नागरिक समाजसँग समेत अनुरोध गरे ।

समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले लोकतन्त्रप्रति बढ्दो खतरा, व्याप्त भ्रष्टाचार, राज्य संयन्त्रप्रति बढ्दो अविश्वास र राज्यका तीनै तहमा देखिएको अराजकताप्रति राजनीतिक दल र तिनका नेता सचेत रहनुपर्ने धारणा व्यक्त गर्दै लोकतन्त्र, मानवअधिकार र सुशासनको पक्षमा भेटघाट तथा अन्तरक्रियात्मक अभियान सञ्चालन गरेको स्पष्ट गरे ।

सो अवसरमा समाजका वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्याल, सचिव प्रा डा अकलदेव मिश्रसहित सदस्यले देशको शिक्षा, स्वास्थ्य, बेरोजगारी, दुर्गम जनजीवनले भोगिरहेको दुःख–पीडालगायतका समसामयिक विषयमा कांग्रेस नेता सिंहको ध्यानाकर्षण गराएका थिए ।

अध्यक्ष वाग्लेको नेतृत्वमा वैचारिक समाजको नवनिर्वाचित प्रतिनिधि मण्डलले शीर्ष नेतासँगको भेटवार्तालाई निरन्तरता दिनेक्रममा यसअघि कांग्रेस नेता डा शेखर कोइराला र अर्जुननरसिंह केसीसँग छुट्टाछुट्टै अन्तरक्रिया गरेको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ५ : ५४ बजे

ढोरपाटनमा पुगे ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ– ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै गएको

ग्यास अभावबारे उद्योगमन्त्री यादवले गरिन् स्थलगत अनुगमन

काठमाडौं – बजारमा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेपछि

बालेनलाई मनीषको जवाफ : सरकार एक्लो छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र

१९औँ पुस्तकालय दिवसका लागि मूल समारोह समिति गठन

काठमाडौं- आगामी भदौ १५ गते १९औँ पुस्तकालय दिवस देशभर विभिन्न रचनात्मक

‘प्रविधिमैत्री सेवा, मर्यादित श्रम’ नारासहित यातायात मजदुरको १२औँ महाधिवेशन

काठमाडौं- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको १२औँ राष्ट्रिय महाधिवेशन आगामी असोज