पाकिस्तानमा चिनियाँ इन्जिनियर बोकेको सवारी लस्करमा आक्रमण, दुई सुरक्षाकर्मी घाइते « Khabarhub

पाकिस्तानमा चिनियाँ इन्जिनियर बोकेको सवारी लस्करमा आक्रमण, दुई सुरक्षाकर्मी घाइते


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आइतबार भएको आक्रमणमा दुई सुरक्षाकर्मी घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूले जनाएअनुसार घटना ग्वादर जिल्लामा भएको हो ।

आतंकवादीहरूले चिनियाँ इन्जिनियर सवार लस्करमा आक्रमण गरेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । सुरक्षाकर्मीको प्रत्याक्रमणमा एक आक्रमणकारी मारिएका छन् ।

७ सवारी साधनमा २३ चिनियाँ इन्जिनियर बोकेर उक्त लस्कर ग्वादर बन्दरगाहतर्फ गइरहेको टाइम्स अफ इन्डियाले जनाएको छ । चीनको सहयोगमा ग्वादर बन्दरगाह निर्माणाधीन रहेको बताइन्छ ।

बलुचिस्तान प्रान्तीय सरकारका प्रवक्ता बाबर युसुफजाईले आतङ्कवादी विरुद्धको अभियान चलिरहेको बताएका छन् । प्रतिबन्धित सशस्त्र समूह बलुचिस्तान लिबरेशन आर्मीले आक्रमणको जिम्मेवारी लिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ६ : १९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको