हिन्दुहरूको हरेक शुभ कार्यमा बत्ती किन बालिन्छ ? « Khabarhub

हिन्दुहरूको हरेक शुभ कार्यमा बत्ती किन बालिन्छ ?


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्ममा घरमा कुनै पनि पूजाआजा वा शुभ कर्म गर्नु अगाडि बत्ति बाल्नै पर्छ । बत्ति नबालि गरिएको पूजालाई अधुरो मानिन्छ । पितृको श्राद्ध गर्दा पनि बत्ति बालेर सुरु गरिन्छ भने दशैँ, तिहार, दिवालीलगायत शुभ कार्य पनि बत्ति बालेर सुरु गरिन्छ ।

कसैको मृत्युको खरबमा उसको सम्झनामा आत्माको शान्तिका लागि पनि मन्दिर लगायतका स्थलहरूमा बत्ती बाल्ने गरिन्छ ।

हिन्दु धर्ममा हरेक शुभ कार्यमा बत्ति बालिने प्रचलन छ । यसको कारण के होला त सबैको मनमा उब्जिने प्रश्न हो यो ?

वास्तुशास्त्रमा पनि बत्ती बाल्दा थुप्रै प्रकारका वास्तुदोष निवारण हुन्छन् र बत्तीको ज्वालाले नकारात्मक ऊर्जाको प्रभाव नाश गरी सकारात्मक ऊर्जालाई सक्रिय गराउने कुरा उल्लेख गरिएको छ ।

पूजा गर्ने बेलामा वा कुनै शुभ कार्यको सुरुमा बत्तीलाई प्रतिमा वा मूर्तिको ठीक अगाडि राखेर बाल्दा इच्छित फल प्राप्त हुने विश्वास छ ।

बत्ती बाल्दा जहिले पनि चामल माथिर राखेर मात्र बाल्नु पर्छ । बत्तीलाई देवताहरूको अगाडि बाल्दा देवताहरू खुसी हुने जनविश्वास पनि छ ।

वास्तुशास्त्रका अनुसार बत्तीलाई पूर्वपट्टी फर्काएर बालिन्छ । शुभ कार्यमा दक्षिण फर्काएर बाल्नु हुँदैन । पूर्व फर्काएर बाल्दा आरोग्य तथा उत्तर फर्काएर बाल्दा धनलाभ हुन्छ । श्राद्धादि कार्यमा भने बत्तीलाई दक्षिण फर्काएर बाल्नुपर्छ ।

 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ७ : ०१ बजे

पहिले टिकट काटेर जानुपर्ने पोखराको सहिद पार्क आजकल सुनसान (तस्बिरहरू) 

पोखरा– आजभन्दा आठ वर्षअघिसम्म पोखराका मुख्य चोकमा फराकिलो ट्राफिक आइल्याण्ड थिए

५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन

जनकपुरधाम– आर्थिक वर्ष २०८२-८३ मा ५७ करोड १५ लाखभन्दा बढी

ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

काठमाडौं- देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य

दुर्गा प्रसाईँलाई सर्वमान्य नेताको जिम्मेवारी दिन्छौँ : धवल शमशेर

काठमाडौं– जय नेपाल पार्टी गठनको तयारी गरेका नेता डा. धवलशमशेर

हर्मुजमा इरान–ओमान सहमति नजिक

एजेन्सी– इरान र ओमान हर्मुज जलघाँटी पार गर्ने जहाजका लागि