हिन्दुहरूको हरेक शुभ कार्यमा बत्ती किन बालिन्छ ? | Khabarhub Khabarhub

हिन्दुहरूको हरेक शुभ कार्यमा बत्ती किन बालिन्छ ?


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्ममा घरमा कुनै पनि पूजाआजा वा शुभ कर्म गर्नु अगाडि बत्ति बाल्नै पर्छ । बत्ति नबालि गरिएको पूजालाई अधुरो मानिन्छ । पितृको श्राद्ध गर्दा पनि बत्ति बालेर सुरु गरिन्छ भने दशैँ, तिहार, दिवालीलगायत शुभ कार्य पनि बत्ति बालेर सुरु गरिन्छ ।

कसैको मृत्युको खरबमा उसको सम्झनामा आत्माको शान्तिका लागि पनि मन्दिर लगायतका स्थलहरूमा बत्ती बाल्ने गरिन्छ ।

हिन्दु धर्ममा हरेक शुभ कार्यमा बत्ति बालिने प्रचलन छ । यसको कारण के होला त सबैको मनमा उब्जिने प्रश्न हो यो ?

वास्तुशास्त्रमा पनि बत्ती बाल्दा थुप्रै प्रकारका वास्तुदोष निवारण हुन्छन् र बत्तीको ज्वालाले नकारात्मक ऊर्जाको प्रभाव नाश गरी सकारात्मक ऊर्जालाई सक्रिय गराउने कुरा उल्लेख गरिएको छ ।

पूजा गर्ने बेलामा वा कुनै शुभ कार्यको सुरुमा बत्तीलाई प्रतिमा वा मूर्तिको ठीक अगाडि राखेर बाल्दा इच्छित फल प्राप्त हुने विश्वास छ ।

बत्ती बाल्दा जहिले पनि चामल माथिर राखेर मात्र बाल्नु पर्छ । बत्तीलाई देवताहरूको अगाडि बाल्दा देवताहरू खुसी हुने जनविश्वास पनि छ ।

वास्तुशास्त्रका अनुसार बत्तीलाई पूर्वपट्टी फर्काएर बालिन्छ । शुभ कार्यमा दक्षिण फर्काएर बाल्नु हुँदैन । पूर्व फर्काएर बाल्दा आरोग्य तथा उत्तर फर्काएर बाल्दा धनलाभ हुन्छ । श्राद्धादि कार्यमा भने बत्तीलाई दक्षिण फर्काएर बाल्नुपर्छ ।

 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ७ : ०१ बजे

अदालतको आदेशपछि परिचारिका काममा फर्किने

काठमाडौं – नेपाल वायुसेवा निगमले श्रम अदालतको आदेश बमोजिम विमान

गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

काठमाडौं – गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुव्र्यवहार

ट्रम्प र पुटिनबीच बिहीबार फोनवार्ता हुने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड

युवाहरुलाई सीप सिकाउँदै गण्डकी प्रेदश सरकार

गण्डकी – युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन गण्डकी प्रदेश सरकारले व्यावसायिक

सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री