ब्रेक शुबाट थप ३०२ किलो सुन आएको सीआईबीको निष्कर्ष « Khabarhub

ब्रेक शुबाट थप ३०२ किलो सुन आएको सीआईबीको निष्कर्ष


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ब्रेक शुबाट ३०२ केजी सुन तस्करी भएको निष्कर्ष निकालेको छ ।

६० किलो ७१६ ग्राम सुन प्रकरणको अनुसन्धान सकेर आज सरकारी वकिललाई प्रतिवेदन बुझाउने तयारी गरेको सीआईबीले चिनियाँ समूहले ब्रेक शुबाट थप ३०२ केजी सुन तस्करी गरेको निष्कर्ष निकालेको हो ।

प्रतिवेदन बुझाउनुअघि आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेको सीआईबीले अन्य सामानमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न बाँकी रहेको जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिएको ६० किलो ७१६ ग्राम सुन गत २ साउन गते आन्तरिक राजस्व विभागले बरामद गरेको थियो । उक्त सुन पनि ब्रेक शुमा लुकाएर ल्याइएको थियो ।

उक्त बरामद सुनबारे अनुसन्धान गर्ने जिम्मेवारी पाएको सीआईबीले ब्रेक शुमा लुकाएर थप ३०२.६२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले जानकारी दिइन् ।

अनुसन्धानको क्रममा सीआईबीले ३२ जनालाई पक्राउ गरेको छ । १८ जना फरार रहेका छन् । फरार रहनेमा पक्राउ परेका दावा छिरिङकी श्रीमती कमला रोकासहित अन्य रहेका छन् ।

 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  १२ : ५७ बजे

वीरगञ्ज भन्सारबाट छ महिनामा १८ अर्बका सवारी आयात

वीरगञ्ज- वीरगञ्ज भन्सार हुँदै चालु आर्थिक वर्षको छ महिनामा १८

चिरपट प्रहार गरी श्रीमतीको हत्या

काठमाडौँ – श्रीमतीको हत्या गरेको अभियोगमा ललितपुरबाट एक जनालाई प्रहरीले

सिरहा–२ मा रास्वपा र प्रलोपाबीच चुनावी सहकार्य

सिरहा – प्रतिनिधिसभा निर्वाचन सिरहा क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र

सैनिक मञ्चको दक्षिण चउर दुई करोड ७० लाखमा हरियाली बनाइँदै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिण चउर सुधार गर्दै रु

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही – छुट्टाछुट्टै दुर्घटनामा परी आज सर्लाहीमा दुई जनाको मृत्यु