रुकुम पश्चिम क्षेत्रमा विद्युत् सेवा अनियमित, उपभोक्ता हैरान « Khabarhub

रुकुम पश्चिम क्षेत्रमा विद्युत् सेवा अनियमित, उपभोक्ता हैरान


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

रुकुम– रुकुम पश्चिम क्षेत्रमा विद्युत् सेवा अनियमित हुँदा उपभोक्ता हैरान भएका छन् । बारम्बार आउनेजाने बत्तीका कारण उपभोक्ता, उद्योगी र सरकारी कार्यालयमा सेवा दिन समस्या भएको हो ।’कति खेर बत्ती जान्छ टुङ्गो हुदैन । आउने जाने बत्तीका कारण हामी आजित भइसकेका छौँ’, स्थानीयवासी गणेश केसीले भने, ‘कहिले बत्ती आउने जाने हुन्छ त कहिले आउँदै आउदैन’, उनले भने। बत्तीका कारण कतिपय काम गर्न निकै गाह्रो हुने गरेको स्थानीय विजुलीका सामान व्यापारीको पनि गुनासो थियो ।

‘विद्युत्बाट हुने काम कति धेरै छन् । ती काम गर्न निकै गाह्रो छ । ग्राहक काम लिएर आएका हुन्छन् । बत्ती छैन भनेर पठाउनुपर्छ’, व्यापारी प्रेम खत्रीले भने । आउने जाने बिजुलीका कारण सरकारी कार्यालयलाई पनि सेवा दिन समस्या भएको छ । जिल्ला अस्पताल सल्ले, जिल्ला प्रशासन कार्यालयलगायत ठाउँमा विद्युत् नहुँदा सेवा दिन मुस्किल भएको कार्यालयको भनाइ थियो ।

रुकुम पश्चिम र पूर्वका लागि सल्यानको शीतलपाटीदेखि धैरेनीचौर र जाजरकोटको कुदुदेखि धैरेनीचौरसम्म विद्युत् आपूर्ति हुँदै आएको छ । अहिले त रुकुम पूर्वमा रहेको रुकुमगाडको विद्युत् पनि सवस्टेसनमै जोडिएको छ । ३३/११ केभी र तीन एमभीए क्षमताको विद्युत् सवस्टेसन तयार भएपछि जिल्लामा विद्युत् अनियमितको समस्या कम हुन्छ भन्ने आसमा रहेका उपभोक्ता आउने जाने विद्युत्का कारण हैरान भएका हुन् ।

धैरेनीचौरमा सवस्टेसन निर्माण नहुँदै यसअघि सल्यानको शीतलपाटीदेखि जिल्लामा ११ केभी क्षमताको विद्युत् प्रवाह भइरहेको थियो । अहिले भने ३३ केभी क्षमताको विद्युत् प्रवाह भएको भनिएको छ तर विद्युत् आपूर्ति भने नियमित छैन ।

तेत्तीस केभी प्रसारणलाई सबस्टेसनभित्र छिराएर ११ केभी प्रसारण लाइन उपभोक्तामा पठाइएको नेपाल विद्युत् प्राधिकरण शेरीगाउँ वितरण केन्द्रले जनाएको छ । ‘यो बत्ती आउने र जाने भइरहने स्थानीयस्तरको समस्या होइन । जिल्लामा विद्युत्लाइन बिग्रिए र सबस्टेसनमा केही समस्या आएमा हामीले तत्काल मर्मत गरेका छौँ ।’, केन्द्र प्रमुख शिवजिप्रसाद साहले बताए । हापुरे सवस्टेसन र कुदु सवस्टेसनबाट नै बेला–बेलामा लाइन जाने गरेको उनको भनाइ थियो ।

आइपर्ने समस्या समाधान गर्दै आए पनि विद्युत् आपूर्ति हुने ठाउँबाटै बत्ती नआएको प्रमुख साहले बताएका छन्

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  १२ : ५९ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

बाँके– सिँचाइ सुविधाको विस्तारसँगै बाँकेका किसानले वर्षमा तीन बाली खेती

संगठन खारेजीविरुद्ध विद्यार्थी नेताको टिप्पणी- ‘रुघा लाग्दा सरकारले नाक नै काट्न खोज्यो’

काठमाडौं- सोमबार प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालयका उपकुलपतिलाई सिंहदरबार बोलाएर विद्यार्थी

ठूलीपोखरी–खौला सडक : वैशाख १० देखि ३० गतेसम्म आवतजावतमा रोक

पर्वत– तीन दशकअघि मार्ग खुलेको पर्वतको दोविल्ला–सिल्मी–ठूलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठूलीपोखरी–खौला खण्ड

ढोरपाटनमा दादुरा सङ्क्रमण नियन्त्रणतर्फ

बागलुङ– गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र ९