माडीमा कच्ची घरको अभिलेखीकरण सुरु | Khabarhub Khabarhub

माडीमा कच्ची घरको अभिलेखीकरण सुरु


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

चितवन– माडी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका कच्ची घरहरुको अभिलेखीकरण सुरु गरेको छ । सबै वडामा परिपत्र गर्दै कच्ची घरको अभिलेखीकरण सुरु गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलका अनुसार खरका छाना भएका, टिनका छानो भएको र पिल्लर नउठाइएका घरहरुको अभिलेखीकरण सुरु गरिएको हो । यसका लागि घरधनीले आफ्नो घरको फोटो, निवेदन, जग्गाधनी प्रमाण पुर्जा र दुई प्रतिफोटो बुझाउनुपर्ने उनले जानकारी दिएका छन् ।

ऐलनी जमिनमा बनेका घरहरुको हकमा भने जग्गाधनी प्रमाण पुर्जाबाहेक अन्य कागजात पेस गर्नुपर्ने पौडेलले बताएका छन् । उनका अनुसार विकास निर्माणदेखि सबै कुरामा सहजताका लागि अभिलेखीकरण सुरु गरिएको हो ।

उनले भने, ‘साउनको अन्तिम साता र भदौको पहिलो सातामा गाउँगाउँमा कर सचेतना अभियान गरेका थियौँ, त्यही क्रममा अभिलेखीकरण गर्नुपर्छ भन्ने सन्देश गाउँमा पुर्‍याइएको थियो । सो कार्यान्वयनका लागि अभियान सुरु गरिएको हो ।’

नगरपालिकाको राजस्व संकलन कार्यलाई प्रभावकारी र सहज बनाउने उद्देश्यले सम्बन्धित वडा कार्यालयबाटै कच्ची घर अभिलेखीकरणको कार्यक्रम अगाडि बढाइएको पौडेलले बताए । खर तथा खपेटा छाना एवं बाँसको बार भएका घरका लागि रु पाँच सय तथा टिनको छाना एवं पिल्लर नउठाइएको घरका लागि रु एक हजार राजस्व लिई कच्ची घर अभिलेखीकरण गरिने उनले जानकारी दिए।

पिल्लर उठाइएका घरको नक्सा पास गर्नुपर्ने छ । अभिलेखीकरण गरिएका घरहरुमा कुनै विपत् परेमा समेत राहतका लागि र नगरपालिकाबाट पाउने अन्य सेवासुविधाका लागिसमेत सहज हुनेछ । माडीमा ५० प्रतिशतभन्दा बढी कच्ची घर रहेका छन् । ती घर सबैको अभिलेखीकरण गरिने छ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  १ : २० बजे

कांग्रेसले भन्यो : सत्तापक्षले संसद्‍मा भिडन्त निम्त्यायो, सबै जिम्मा सभामुखले लिनुपर्छ

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभामा बिहीबार भएको घटनाको जिम्मेवारी सभामुख देवराज

गृहमन्त्रीलाई बाटो छाडेकी उपसभामुखको आशनअगाडि जब धनराज उभिए…

काठमाडौं–प्रतिनिधिसभा बिहीबार बसेको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच

अर्थसंक्षेप : सुनको मूल्यमा नयाँ रेकर्डदेखि, भियतनामी बिमान चाटर्ड गरेर नेपाल घुम्न आएसम्म

काठमाडौं– आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको

नेपाल र अर्मेनियाको चेम्बरबीच व्यापारमा सहकार्यको सहमति

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र अर्मेनियाको चेम्बर अफ कमर्स

कतारबाट अवैध रूपमा ल्याएको सुन धनीलाई नदिन अपहरणको नाटक !

काठमाडौं– अवैध रूपमा ल्याएको सुन धनीलाई नदिन अपहरणको नाटक गरेको