इलाका प्रशासन कार्यालय नराकोटमा कर्मचारी अभाव « Khabarhub

इलाका प्रशासन कार्यालय नराकोटमा कर्मचारी अभाव


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

जुम्ला– सिञ्जा गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय नराकोटमा कर्मचारी नहुँदा नागरिकता वितरण कार्य ठप्प भएको छ । 

कार्यालयमा कर्मचारीको अभाव हुँदा नागरिकता वितरण कार्य बन्द हुँदा सेवाग्राहीलाई सास्ती भएको छ । इलाका प्रशासन कार्यालयमा नागरिकता दिने कर्मचारी सरुवा भएर अर्को ठाउँ गएपछि नागरिकता वितरण कार्य बन्द भएको हो ।

सिञ्जा क्षेत्रमा पर्ने हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकालाई लक्षित गरी स्थापना गरिएको इलाका प्रशासन कार्यालयले नागरिकता वितरण गर्दै आएको थियो । यहाँका नागरिकलाई नागरिकता लिने निकै सहज हुने गरेको थियो । अहिले सो सेवा बन्द हुँदा नागरिकहरूलाई फेरि दुःख भएको स्थानीयवासी दलसिंह रोकायाले जानकारी दिएका छन्।

इलाका प्रशासनमा नागरिकता लिने मानिस गइरहे पनि कर्मचारी नभएको भन्दै फर्किने गरेका छन् । इलाका प्रशासन कार्यालयमा केही दिनदेखि कार्यालय प्रमुख नहुँदा सेवा लिन आएका सेवाग्राही सेवा नलिएर घर  फर्किने गरेको सिञ्जाका स्थानीयवासी बताउँछन् । 

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार हप्ता, दश दिनअगाडि त्यहाँ निमित्तका रुपमा खटाइएका नायब सुब्बा सुरत गिरीको अर्को ठाउँ सरुवा भएपछि अरू कर्मचारीको खोजी भइरहेको छ । आफूले त्यहाँको कर्मचारी व्यवस्थापन गरिदिन भनी गृह मन्त्रालयमा माग गरिसकिएको प्रजिअ घिमिरेले जानकारी दिए। 

इलाका प्रशासन कार्यालयमा कर्मचारीको व्यवस्था नहुँदासम्म जिल्ला सदरमुकाम खलङ्गाबाटै नागरिकताको सेवा  प्रवाह लिन सकिने प्रजिअ घिमिरेको भनाइ छ ।  इलाका प्रशासन कार्यालयमा अधिकृतस्तरको दरबन्दी रहे पनि पदपूर्ति हुन सकेको छैन । 

मन्त्रालयले दरबन्दीअनुसार कर्मचारी नपठाउँदा पाँच वर्षदेखि नायब सुब्बालाई निमित्त प्रमुखको जिम्मेवारी दिएर काम गर्दै आएको प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  १ : २५ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना