भेरी अस्पतालमा एचपीभी खोप लगाउन सुरु « Khabarhub

भेरी अस्पतालमा एचपीभी खोप लगाउन सुरु


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप एचपीभी लगाउन आजदेखि सुरु गरिएको छ ।  

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले एक किशोरीलाई खोप कार्ड प्रदान गरेर खोप कार्यक्रमको सुरुवात गरेका हुन्। सो खोप यही भदौ ३० गतेसम्म लगाइने छ । पहिलो चरणमा भेरी अस्पतालबाट एक हजार दुई सय १५ किशोरीलाई लगाइने खोप भेरी अस्पतालमा दुई हजार चार सय ३० भाइल खोप आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पवनजङ्ग रायमाझीले जानकारी दिए ।  

दशदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी एचपीभी खोप दिइने बताइएको छ । सो खोप छ महिनाको अन्तरालमा दुई मात्रा लगाउनु पर्दछ । यो खोपको दुई मात्रा पूरा गरेमा यसको प्रभावकारिता ९५ प्रतिशत देखिएको चिकित्सकले बताएका छन् । 

नेपालमा खोपको उपलब्धता र साझेदार निकायको सहयोगमा सो खोपलाई विस्तार गर्दै १० देखि १४ वर्षसम्मका सबै किशोरीलाई समेत खोप लगाउने गरी निकट भविष्यमा राष्ट्रिय स्तरको नियमित खोप कार्यक्रममा समावेश गरी नियमित खोप चल्ने परिवार कल्याण महाशाखाले जनाएको छ । खोप लगाउन जाँदा उमेर खुल्ने आधिकारिक प्रमाण लिएर जानुपर्नेछ ।

नेपालमा सबैभन्दा बढी हुने क्यान्सरमा पाठेघरको मुखको क्यान्सर पर्दछ । पछिल्लो तथ्यांकअनुसार नेपालमा प्रति एक लाखमा नयाँ बिरामी पत्ता लाग्ने दर १६ दशमलव चार प्रतिशत छ । 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  १ : ३४ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन