क्यान्सर अस्पताल : २९ हजार बिरामीले लिए सेवा « Khabarhub

क्यान्सर अस्पताल : २९ हजार बिरामीले लिए सेवा


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको खजुरा गाउँपालिकामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अहिलेसम्म २९ हजार दुई सय ५५ क्यान्सरका बिरामीले सेवा लिएका छन् । 

क्यान्सर अस्पताल विकास समितिले आज खजुरामा आयोजना गरेको वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले सो जानकारी दिएका हुन् ।

मुठी दान गरेर संघीय अस्पतालका रूपमा विसं २०७५ मा स्थापना भएको उक्त अस्पतालमा हालै रक्त क्यान्सरका लागि भिन्नै वार्ड स्थापना भएको र अहिले दुई बिरामीको उपचार भइरहेको जानकारी दिँदै उनले फोक्सो, कलेजो, मिर्गौला, रक्त क्यान्सर, थाइराइड क्यान्सरलगायतका रोगका औषधि निःशुल्क उपलब्ध भएको र म्याक्स फाउण्डेसनले छ प्रकारका औषधि दिइरहेकाे बताएका छन् । 

नेपाल सरकारबाट प्राप्त भएको रु छ करोड पूँजीगत र चालु रु चार करोडबाट वृद्धि भएर आव ०८०-८१ मा पूँजीगततर्फ रु १५ करोड र चालुतर्फ रु १० करोड गरी रु २५ करोड बजेट पुर्‍याइएको अस्पतालले उल्लेख गरेको छ । 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम तीन प्रदेशका स्थानीयवासीले सेवा लिएको सो अस्पतालमा क्यान्सरको उपचारका क्रममा लुम्बिनी प्रदेश सरकार र स्वास्थ्य बीमाबाट प्राप्त हुने सुविधा सकिएका ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक बिरामीलाई अस्पतालबाट प्रदान गर्ने सेवा शुल्कको ५० प्रतिशत अस्पतालले बेहोर्ने गरी छुटसमेत भएको अस्पताल विकास समितिले जनाएको छ ।  

स्वास्थ्य मन्त्रालयमा चिकित्सकसहित चार सय नौ कर्मचारी स्वीकृतिका लागि पठाइएकामा ओएन्डएम स्वीकृत नभएकाले पाँच वर्षदेखि अस्पताल अस्थायी चिकित्सक र कर्मचारीको भरमा सञ्चालन गर्न बाध्य भएको उनले बताए। 

‘जनताले गुणस्तरीय सेवाको अपेक्षा राख्नुहुन्छ तर हाम्रो सेवा सञ्चालनमा जटिलता देखिएको छ’, उनले भने। अस्पतालमा अस्थायी विशेषज्ञ चिकित्सकको सङ्ख्या कूल १५ मध्ये दुई जना काजमा रहेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ६ : ५२ बजे

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका –०७ लालपुरमा मोटरसाइकल आफैँ अनियन्त्रित भई

व्यापार तनाव घटाउन ईयू–चीन वार्त

ब्रसेल्स– बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ)ईयू र

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

काठमाडौँ- सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य हालका लागि