भारतमा एक नेपालीको मृत्यु « Khabarhub

भारतमा एक नेपालीको मृत्यु


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीका सुरेन्द्र साउँदको भारतमा मृत्यु भएके छ। रोजगारीको सिलसिलामा भारतको दिल्लीमा रहेका बैतडीको शिवनाथ गाउँपालिका–१ कुँड घर भएका अन्दाजी २८ वर्षीय सुरेन्द्र साउँदको मंगलवार निधन भएको उनका आफन्तसमेत रहेका नेपाली कांग्रेस बैतडीका सहसचिव दशरथ चाडले बताए।

गएको चाररपाँच वर्षदेखि रोजगारीका लागि दिल्लीमा रहेका साउँदको हृदयघातका कारण निधन भएको चाडले बताए। परिवारसहित दिल्लीमा बस्दै आएका साउँदको मृत्यु भएपछि परिवारको विचल्ली भएको छ।

मंगलबार एक्कासी ढलेका साउँदलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक साउँदका एक छोरी र श्रीमती रहेका छन्। उनीहरू पनि दिल्लीमै रहेका छन्।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ९ : ०६ बजे

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका