दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा कोशी प्रदेशको मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरुको सनाखत भोलि हुने, भेपमार्फत् सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल कारागार चला, झापाको पूर्वी नाकामा सशस्त्रका तालिमप्राप्त कुकुर परिचालन, कोशीमा केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने ४७ सांसद प्रदेश प्रमुखको कार्यालयमा, राष्ट्रपतिसमक्ष दुई आयोगका प्रतिवेदन प्रस्तुत, गैह्रीगाउँ हत्याकाण्डका प्रमुख अभियुक्त सञ्जय भण्डारीलाई आजीवन कारागारमा राख्न माग, इजरायलबाट २५४ जना नेपाली नागरिक उद्धार गरी स्वदेश ल्याइयोलगायतका समाचारले प्रमुख स्थान पाए ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरुको सनाखत भोलि हुने

कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि शनिबार बिहान ८ बजेदेखि २ बजेसम्म परिचय खुल्ने प्रमाणसहित उपस्थित हुन प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ ।

मुख्यमन्त्री पदका लागि बिहीबार नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य केदार कार्की र नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले ४७/४७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दावी पेश गरेका थिए ।

भेपमार्फत् सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल कारागार चलान

भेपमार्फत् सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल कारागार चलान भएका छन् ।

काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै उनलाई कारागार चलान गरिएको हो ।

स्वदेशी उत्पादन निर्यात नगरी व्यापार घाटा न्यूनीकरण हुँदैन : गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्थानीय तहमा उत्पादित स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापार घाटा न्यूनीकरण नहुने बताएका छन् ।

हिमालयन इन्टरनेशनल एक्स्पो आईएनसीले शुक्रबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु गरेको ‘दोस्रो हिमालयन इन्टरनेरशनल एक्स्पो–२०८०’ को उद्घाटन गर्दै उनले व्यापार घाटा कम गर्न र राष्ट्रको अर्थतन्त्र समृद्ध बनाउन साना तथा घरेलु र हस्तकला उद्योगलाई प्रोत्साहन गर्नुको विकल्प नभएको बताए ।

झापाको पूर्वी नाकामा सशस्त्रका तालिमप्राप्त कुकुर परिचालन

सशस्त्र प्रहरी बलले झापाको पूर्वी नाकाको मेचीपुल सीमा ईलाकामा तालिम प्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरेको छ । सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठले जारी गरेको सूचनामा चाडपर्वको बेला सीमा क्षेत्रमा हुने अवैध हातहतियार, विष्फोटक पदार्थ र लागूऔषध पहिचान गर्नसक्ने दुई वटा तालिमप्राप्त कुकुर परिचालन गरिएको हो ।

सशस्त्र प्रहरी प्रधान कार्यालय पशु तथा डग हेण्डलर उप–उपशाखाबाट परिचालित जुलेट ल्याब्रोडोरले हातहतियार तथा विष्फोटक पदार्थ र जोजो ल्याब्रोडोरले लागूऔषध पहिचान गर्नेछ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय पशु तथा डग हैण्डलर उप–उपशाखाबाट परिचालित जुलेट ल्याब्रोडोरले हातहतियार तथा विष्फोटक पदार्थ र जोजो ल्याब्रोडोरले लागूऔषध पहिचान गर्नेछ ।

कांग्रेस एकजुट भए कसैले परास्त गर्न सक्दैन : नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी एकजुट भए कसैले परास्त गर्न नसक्ने बताएका छन् ।

कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ काठमाडौंले शुक्रबार आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले कांग्रेस अहिले पनि बलियो रहेको र कांग्रेस एकजुट भए सबै दलहरु एक भएपनि परास्त गर्न नसक्ने बताएका हुन् ।

कोशीमा केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने ४७ सांसद प्रदेश प्रमुखको कार्यालयमा 

कोशी प्रदेशमा केदार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै ४७ सांसद प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

नयाँ मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय घर्किएसँगै केदार कार्की समर्थक सांसदहरु प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।

राष्ट्रपतिसमक्ष दुई आयोगका प्रतिवेदन प्रस्तुत

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोग र मधेसी आयागका प्रतिवेदन प्रस्तुत भएका छन् । राष्ट्रपति कार्यालयमा आज आयोजित बेग्लाबेग्लै कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले आयोगको १६औँ वार्षिक प्रतिवेदन र मधेसी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले आफू नेतृत्वको आयोगको प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले महिलाको हकहित, लैङ्गिक समानता, महिला सशक्तिकरणसँग सम्बन्धित विषयमा आयोगको जिम्मेवारी र दायित्व गहन रहेको बताउँदै धेरै प्रयासका बाबजुद केही क्षेत्रमा महिलाको उपस्थिति आशालाग्दो देखिए पनि जनसङ्ख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नरहेको बताए ।

गैह्रीगाउँ हत्याकाण्डका प्रमुख अभियुक्त सञ्जय भण्डारीलाई आजीवन कारागारमा राख्न माग

तीनकुनेको गैह्रीगाउँमा भएको हत्याकाण्डका अभियुक्त सञ्जय भण्डारीलाई आजीवन कारागारमा राख्न मागदाबी गर्दै मुद्दा दायर भएको छ ।

प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले भण्डारीविरुद्ध दायर गरेको मुद्दामा क्रुर तथा निमर्मतापूर्वक हत्या गरेको कसुरमा उनलाई आजीवन कारागारमा राख्न माग गरिएको छ । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो । भण्डारी जन्मजात बोल्न सक्दैनन् ।

कोशी सरकार निर्माणमा राप्रपा तटस्थ बस्ने

कोशी सरकारका बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बस्ने भएको छ । शुक्रबार बिहान बसेको आकस्मिक केन्द्रिय पदाधिकारी बैठकले तटस्थ बस्ने निर्णय गरेको हो ।

पार्टी केन्द्रिय कार्यालयमा जारी बैठकमा कोशी सरकारको भावी नेतृत्वका लागि दाबेदारी प्रस्तुत गरेका दुई उम्मेदवार पक्षमा उभिने वा तटस्थ बस्नेलगायतका बिषयमा निर्णय लिन उक्त बैठक बसेको थियो ।

इजरायलबाट २५४ जना नेपाली नागरिक उद्धार गरी स्वदेश ल्याइयो

इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइएको छ । उनीहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । उनीहरूलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरू इजरायल गएका थिए ।

उद्धारपछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ९ : ०० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र