नेपाली बक्स अफिसमा ‘टाइगर ३’ को आक्रामक ओपनिङ « Khabarhub

नेपाली बक्स अफिसमा ‘टाइगर ३’ को आक्रामक ओपनिङ


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड फिल्म ‘टाइगर ३’ ले नेपाली बक्स अफिसमा आक्रामक अकुपेन्सीसहित प्रदर्शन थालेको छ । आइतबार बिहानैदेखि हलहरु शतप्रतिशत देखिएका थिए । यो फिल्मले पहिलो दिन नेपालमा एकदेखि डेढ करोड रुपैयाँसम्म ग्रस कमाउने अनुमान छ ।

यो फिल्म यशराज ब्यानरले अघि सारेको जासूस ब्रह्माण्डकै एक श्रृंखला हो, जसमा पठान, टाइगर र वार सामेल छन् । ‘टाइगर ३’ मा सलमान खान, कट्रिना कैफ र इमरान हासमीको शीर्ष भूमिका छ भने शाहरुख खान र ऋतिक रोशनको समेत सशक्त केमियो भूमिका छ ।

‘टाइगर ३’ भारतीय जासूस एजेन्सी रअका टाइगर (सलमान खान) को वरपर घुमेको छ । पाकिस्तानी जासूस एजेन्सी आईएसआईकी एजेन्ट जोया (कट्रिना) सँग विवाह गरेपछि देशद्रोहको आरोप लागेको टाइगर यतिबेला अष्ट्रियामा परिवारसँग निर्वासन जीवन बाँचिरहेको छ ।

यस्तोमा ऊसामु रअका अन्य एजेन्टलाई पाकिस्तानबाट उद्धार गर्नुपर्ने जिम्मा आइलाग्छ । पारिवारिक चुनौतीको बाबजुद टाइगर मिसनमा फर्किनुपर्ने हुन्छ । उसको मिसनमा बदलाप्रेरित ढंगले अघि बढेका इमरान हासमी अवरोध बन्छन् । लुकामारी, दौडधुप र भरमार एक्सनसहित ‘टाइगर ३’ अघि बढ्छ ।

फिल्मको अन्त्यमा युनिभर्सको आगामी श्रृंखलाको रुपमा ‘वार’ कबीर अर्थात् ऋतिक रोशनलाई दर्शाइएको छ । कबीरलाई खतरनाक लडाकुको भूमिकामा देखाइएको छ ।

तिहार बिदामा रिलिज भएको यो फिल्मले आक्रामक ओपनिङ गर्ने पक्का छ ।

स्रोत- एएनआई

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ९ : ३४ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी