दोदा पुल : आठ वर्षमा तीन पिलर मात्रै ठडिए « Khabarhub

दोदा पुल : आठ वर्षमा तीन पिलर मात्रै ठडिए


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा आठ वर्ष अघि पक्की पुल निर्माण थालिएको हो । यस अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन् ।

विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सक्नेगरी लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी कम्पनीसँग पक्की पुल निर्माणको सम्झौता भएको थियो ।

त्यसपछि पटक–पटक म्याद थप हुँदा पनि अहिलेसम्म पुल निर्माणले गति लिन सकेको छैन । तीन पिलर पनि मापदण्ड विपरित निर्माण गरिएको पाइएपछि पुलको डिजाइन नै फेरिएको छ ।

‘पुलको कामले गति लिएको छैन । निर्माण कम्पनीलाई बारम्बार ताकेता गर्दै आएका छौँ’, सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलले भने ।

विसं २०७८ साउनमा पुलको नयाँ डिजाइन तयार गरिएको थियो । विभिन्न बहाना बनाएर  निर्माण कम्पनीले निर्माणको काम अघि नबढाएको इन्जिनियर सिग्देलको आरोप छ । उक्त पक्की पुलको लागत २४ करोड ५२ लाख रहेको छ ।

‘हालसम्म १२ करोड भुक्तानी भइसकेको छ’, उनले भने । पुल निर्माणले गति नलिँदा स्थानीय निराश बनेका छन् । ‘लामो समय बितिसक्दा पनि पुल निर्माण भएन । अब त पुल बन्नेमा आशंका हुन थालेको छ’, लालझाडी–४ का कृष्ण राना भन्छन् ।

वर्षौँदेखि देखतभुली–पर्सिया जोड्ने पक्की पुल निर्माण नहुँदा लालझाडी गाउँपालिका ओहोरदोहोर गर्न स्थानीयले सास्ती खेपिरहेका छन् ।

पक्की पुल निर्माण नहुँदा स्थानीयले शुल्क तिरेर काठको अस्थायी पुल प्रयोग गर्दै आएका छन् । ‘नदी तर्न काठको पुल प्रयोग गर्दै आएका छौँ’, लालझाडी–५ का धोके रानाले भने, ‘बर्खामा नदी ओहोरदोहोर गर्न सकिँदैन ।’

स्थानीयले काठको पुल प्रयोग गरेबापत साइकलको १० र मोटरसाइकलको २० शुल्क तिर्ने गरेका छन् । बर्खामा बाढी आउने हुनाले निर्माण गरिएको काठको अस्थायी पुल हटाउने गरिएको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीका मङ्गलबहादुर चौधरीले बताए । 

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ७ : २५ बजे

संवैधानिक संकट आए मात्र सरकारमा सहभागी हुन्छौँ : लेखनाथ दाहाल

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता लेखनाथ दाहालले प्रदेश

ट्राफिक जरिवाना घटाउन देशभरबाट सरकारको ध्यानाकर्षण, संशोधन नभए आन्दोलनको चेतावनी

काठमाडौं– प्रस्तावित सवारी तथा यातायात ऐन, २०८३ मा राखिएका ट्राफिक

गड्यौला मल उत्पादनमा किसानहरू

दाङ– सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल उत्पादनमा

भारतमा ककरोचको आन्दोलन जारी, राहुलले भने, ‘प्रधानमन्त्री मोदी र गृहमन्त्रीले पनि राजीनामा दिऊन्’

नयाँ दिल्ली– केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै

अमेरिकी अतिरिक्त करप्रति क्यानाडाको कडा आपत्ति

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले केही क्यानाडाली वस्तुमा थप