दैनिक चार कप कफी उपयुक्त | Khabarhub Khabarhub

दैनिक चार कप कफी उपयुक्त


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

अहिले कफीको प्रचलन बढ्दो छ। प्रतिस्पर्धात्मक र तनावको जीवनमा रहनेहरू त अझ यसमा रमाउने गरेका छन्। कतिपय क्षेत्रमा यसलाई सोख र शानको विषयसमेत बनाइन्छ। धेरैलाई यस कुराको जानकारी छैन कि कत्ति कम कस्तो कफी स्वास्थ्यका लागि उपयुक्त हुन्छ। सामान्यतया एक कप कफीमा ५० देखि ४ सय मिलिग्राम क्याफेन हुन्छ।

सामान्य घरमा बनाइएका कफीमा ५० ग्रामको हाराहारीमा क्याफेन हुन्छ। सामान्य मान्यता के हो भने ८ औस तथा दुई सय ४० मिलिमिटर कफीमा एक सय ग्राम क्याफेन हुन्छ। धेरै श्रोतहरूका अनुसार एक वयस्कका लागि चार कप बराबर चार सय मिलिग्राम कफी ठिक्क हुन्छ। परन्तु धेरै जनाले बिना कारण धेरै कफी सेवन गरेको पाइन्छ। याद राख्नुपर्ने के हो भने मानिसले चिया, चिसो पेय पदार्थ, इनर्जी ड्रिक्स, चकलेट र अन्य केही औषधि मार्फत पनि क्याफेनको सेवन गरिरहेका हुन्छन्।

हामीले कफीका साथै क्याफेन भएका अन्य पदार्थ प्रयोग भएमा जटिल समस्या उत्पन्न हुनसक्छ। कफीको असर फरक व्यक्तिमा फरक शैलीले हुनसक्छ। कसैको कलेजोमा यसको असर हुन्छ भने कसैको मस्तिष्कमा पनि यसको असर हुनसक्छ।

यदि छोटो समयमा धेरै कफी सेवन गरेमा केही मानसिक तथा स्वास्थ्य समस्या उत्पन्न हुनसक्छ। बेचैनी, एन्जाइटी, चक्कर आउनु पेटमा असहज महसुस हुनु, चिडचिडेपन, अनिद्रा छिटो मुटुको चाल तथा कम्पन जस्ता समस्या उत्पन्न हुनसक्छ। यदि यी लक्षण देखिएमा कफी तथा क्याफेनको मात्रा घटाउनु आवश्यक हुन्छ। कफीको कारण मात्र यस्ता समस्या आउने सम्भावना कम हुन्छ।

हामीले कफीका साथै क्याफेन भएका अन्य पदार्थ प्रयोग भएमा जटिल समस्या उत्पन्न हुनसक्छ। कफीको असर फरक व्यक्तिमा फरक शैलीले हुनसक्छ। कसैको कलेजोमा यसको असर हुन्छ भने कसैको मस्तिष्कमा पनि यसको असर हुनसक्छ। कोही व्यक्तिलाई कफीको कारण निन्द्रा नलाग्न सक्छ भने कतिपय कफी पिएर मात्र निदाउने पनि छन्। व्यक्तिले आफ्नो जेनेटीक अवस्था अनुसार कफी सेवनको मात्रा तय गर्नु उपयुक्त हुन्छ। धेरै जसो भने मध्य र उही खालमा हुने गरेका छन्।

कफीले केही रोगको जोखिम समेत कम गराउने अध्ययनले देखाएको छ। दैनिक एक कप कफी पिउनेको टाइप टु मधुमेहको जोखिम ७ प्रतिशतले घटेको पाइएको छ।

मानिसको स्वास्थ्य अवस्थाले पनि यसमा असर गर्ने गरेको छ। नियमित कफी सेवन गर्नेलाई भन्दा यदाकदा सेवन गर्नेलाई यसको असर रोक्न कठिन हुन्छ। एन्जाइटी, दुखाइमा अनियन्त्रण, मुटुका असहज, उच्च रक्तचाप, मधुमेह र अन्य धेरै रोगको असर छ भने क्याफेन पचाउन कठिन हुन्छ। कफीको यी असरका बाबजुद केही फाइदाका पक्ष पनि छन्।

५० देखि ७१ वर्ष उमेर समूहका चार लाख दुई हजार दुई सय ६० जनामा गरिएको एक अध्ययन अनुसार दैनिक चार कप कफी सेवन गर्दा १२ या १३ वर्षसम्म आयु बढ्न सक्छ। कपको निर्धारण साइजको आधारमा गरिएको छ। सामान्यतया कफी सेवन गर्दा उस्तै आकारको कप प्रयोग हुने गरेका छन्।

कफीले केही रोगको जोखिम समेत कम गराउने अध्ययनले देखाएको छ। दैनिक एक कप कफी पिउनेको टाइप टु मधुमेहको जोखिम ७ प्रतिशतले घटेको पाइएको छ।

एक अध्ययनले देखाए अनुसार दैनिक चार कप कफी पिउनेमा निराशापनको समस्या २० प्रतिशतले कमी आएको छ भने आत्महत्याको जोखिम ५३ प्रतिशतले घटाउन सक्छ।

दैनिक चार कप कफी सेवन गर्नेको लिभर सिरोसिसको ८४ प्रतशतसम्म घटेको छ। दैनिक दुई कप कफी सेवन गर्दा कलेजोको क्यान्सरको सम्भावना ४४ प्रतिशतले कमी आएको अध्ययनले देखाएको छ।

अध्ययनकै अनुसार दैनिक तीनदेखि पाँच कप कफी पिउनेमा अल्जाइमरको जोखिम ६५ प्रतिशतले घटेको पाइएको छ। दैनिक पाँच कप कफी पिउनेमा पार्किन्सन्स जोखिम पनि धेरै नै घटेको पाइएको छ।

एक अध्ययनले देखाए अनुसार दैनिक चार कप कफी पिउनेमा निराशापनको समस्या २० प्रतिशतले कमी आएको छ भने आत्महत्याको जोखिम ५३ प्रतिशतले घटाउन सक्छ। यी अध्ययनको मतलब यो होइन कि कफी पिउनेमा यो रोग नै लाग्दैन भन्ने होइन। परन्तु उनीहरूको जीवन यापनको अन्य शैली तथा उनीहरूको जेनेटिक अवस्थाले यसलाई असर गरेको छ।

थुप्रै प्रमाणले दैनिक चार या पाँच कप कफी उपयुक्त ठहर गरेको छ। यसले धेरै जनालाई अल्पायुमा ज्यान जानबाट बचाउन पनि सक्ने छ। यसको मतलब यो होइन कि सबैले कफी पिउनै पर्छ। केही रोगका बिरामीमा लागि भने यसलाई पूर्ण निषेध गर्नु उपयुक्त पनि हुनसक्छ।

गर्भवतीका लागि भने कफी सेवन जोखिम पनि हुन सक्छ। यसले सालमा असर गर्ने तथा यो असर भ्रूणसम्म पुग्न सक्छ। भ्रूणले कफीलाई पचाउन कठिन हुन्छ। गर्भवतीले कफी सेवन गर्दा गर्भ तुहिने, समय नपुग्दै बच्चा जन्मने तथा कम तौलको बच्चा जन्मने सम्भावना हुन्छ। गर्भवतीको हकमा दैनिक दुई कप भन्दा बढी कफी सेवन घातक नै मानिएको छ। धेरैले गर्भवती भएको समयमा कफीलाई निषेध नै गर्नु उपयुक्त ठहर गरेका छन्।

थुप्रै प्रमाणले दैनिक चार या पाँच कप कफी उपयुक्त ठहर गरेको छ। यसले धेरै जनालाई अल्पायुमा ज्यान जानबाट बचाउन पनि सक्ने छ। यसको मतलब यो होइन कि सबैले कफी पिउनै पर्छ। केही रोगका बिरामीमा लागि भने यसलाई पूर्ण निषेध गर्नु उपयुक्त पनि हुनसक्छ। कफीमा चिनी प्रयोग गर्नु भने घातक हुनसक्छ। समग्रमा के हो भने कफी सेवन गर्नुको केही बेफाइदा छ भने धेरै फाइदा छ।

एक कप कफीमा क्याफेनको मात्रा कत्ति हुने भन्ने धेरै विषयमा भर पर्नसक्छ। कुन कफीको गेडा प्रयोग भएको छ भन्नेमा सबै भन्दा बढी निर्भर गर्छ। कफी बनाउने तरिकामा धेरै निर्भर रहन सक्छ। कफीलाई मूल रूपमा एसप्रेसो, इन्सट्यान्ट कफी र डिकाफ कफीको रूपमा परिचित छन्।

कफीमा चिनी प्रयोग गर्नु भने घातक हुनसक्छ। समग्रमा के हो भने कफी सेवन गर्नुको केही बेफाइदा छ भने धेरै फाइदा छ।

३० देखि सात सय एक मिलिमिटरसम्मका कप प्रयोग हुन सक्छन्। औसत र धेरैले प्रयोग गर्ने एक सय मिलिमिटरको हाराहारीमा हुन्छ। अमेरिका र युरोपमा नियमित कफीको प्रचलन धेरै छ। त्यहाँ प्रयोग गरिने कफीमा औसत एक कपमा ९५ मिलिग्राम क्याफेन हुन्छ।

एक कप एसप्रेसो साधारण तया ३० देखि ५० मिलिमिटरको हुन्छ। यसमा ६३ मिलिग्राम क्याफेन हुन्छ। डबल एसप्रेसोमा एक सय २५ मिलिग्राम क्याफेन हुन्छ।

एसप्रेसोमा आधारित ल्याटो, क्यापिचीयानो, म्याचीटोस र अमेरिकानो पनि हुन्छ। यसमा पनि एस्रप्रेसोको झैँ नै कफी हुन्छ। प्रयोग गरिने दूधको आधारमा त्यसको वर्गीकरण गरिएको हो। कफीलाई सिधै पानीमा खोल्ने तरिकालाई इन्सट्यान्ट कफी भनिन्छ। यस कफीमा साधारण तया ३० देखि ९० मिलिग्राम क्याफेन हुन्छ।

गर्भवतीको हकमा दैनिक दुई कप भन्दा बढी कफी सेवन घातक नै मानिएको छ। धेरैले गर्भवती भएको समयमा कफीलाई निषेध नै गर्नु उपयुक्त ठहर गरेका छन्।

क्याफेन नै नभएको डिकाफ कफी हो । मतलब औसतमा ३ मिलिग्राम मात्र क्याफेन हुन्छ। कफीको प्रादुर्भाव भएको देश इथियोपिया मानिन्छ। इसा पूर्व ८ सय मा त्यहाँ कफीको सुरुवात भएको मानिन्छ। बाख्रा गोठाला कल्दीले बाख्राको व्यवहार फरक पाएपछि यसको अध्ययन सुरु गरेका थिए। त्यसपछि यमनमा पनि कफीको पुरानो इतिहास छ। १५ औं शताब्दीमा अरबी देशमा यो प्रचलन फैलिएको अनुमान छ। १७ औं शताब्दीमा युरोपमा पुगेको अनुमान गरिएको कफी अहिले संसारमा नै परिचित पेय पदार्थको रूपमा रहेको छ।

स्रोतः हेल्थलाइन, नेसक्याफे

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ८ : ०० बजे

नेपाल स्वास्थ्य सम्मेलन सुरु

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा नेपाल स्वास्थ्य सम्मेलन आजदेखि

‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने

ललितपुर– ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने

मङ्कीपक्स सङ्क्रमित युवकको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा उपचाररत मङ्कीपक्स

‘पौवादुङमा गोल्ड कप फुटबल’ माघ १ गतेदेखि

भोजपुर– भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकामा कोशी प्रदेशस्तरीय ‘पौवादुङमा गोल्ड कप

लिपुलेकमा भारत र चीनको सहमतिप्रति अनेरास्ववियूको आपत्ती

काठमाडौं– नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले पछिल्लो समय