भोजपुरको खाटम्मामा प्रसूति सेवा केन्द्र स्थापना « Khabarhub

भोजपुरको खाटम्मामा प्रसूति सेवा केन्द्र स्थापना


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको साल्पासिलिछो गाउँपालिकाको खाटम्मामा प्रसूति सेवा केन्द्र स्थापना गरिएको छ ।

घरमा हुने जन्मदरलाई घटाउँदै सुरक्षित मातृत्व सेवा प्रदान गर्ने उद्देश्यले प्रसूति सेवा केन्द्र स्थापना गरिएको बताइएको छ।

प्रसूति सेवा केन्द्रमा ग्रामीण भेगका गर्भवती तथा सुत्केरीलाई सेवा प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिए ।

भविष्यमा सेवा विस्तार गरिने उनको भनाइ छ । प्रसूति सेवा केन्द्र स्थापनापछि मातृ मृत्युदर र शिशु मृत्युदर घट्ने उनको विश्वास छ ।

सेवा सञ्चालन गर्न दुई अनमी र दुई अहेबको दरबन्दी सिर्जना गरिएको गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङले बताए  ।

विगतमा यहाँका नागरिकलाई प्रसूति सेवा लिन टाढा टाढाका स्वास्थ्य संस्था धाउनु पर्दथ्यो । वडामै प्रसूति सेवा केन्द्र स्थापनाले सेवा लिन सहज भएको स्थानीयले बताएका छन् । 

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ८ : ३४ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले