कांग्रेसबाट राष्ट्रिय सभामा मुस्लिमकाे प्रतिनिधित्व गराउन सभापति देउवालाई आग्रह  « Khabarhub

कांग्रेसबाट राष्ट्रिय सभामा मुस्लिमकाे प्रतिनिधित्व गराउन सभापति देउवालाई आग्रह 


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि डा. अबुल हुसेन अन्सारीले राष्ट्रिय सभाको निर्वाचनमा अल्पसंख्यक मुस्लिम समुदायलाई समेट्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

मंगलबार धुम्बाराहीस्थित निवासमा डा.अन्सारीलेसभापति देउवासँग भेट गरेर  मुस्लिम समुदायलाई राष्ट्रिय सभामा टिकट दिएर स्थान दिन माग गरेका हुन् ।

डा.अन्सारीले अवसर पाउँदै आएका केही सीमित नेताहरूलाई पुन: टिकट दिएर पार्टीमा योगदान र संघर्ष गरिरहेका मुस्लिम नेताहरूको मानमर्दन नगर्न सुझाव दिएका छन् । उनले भने, ‘कांग्रेसका केही मुस्मिल नेताहरूले आरक्षण र समानुपातिकमा धेरै अवसर पाएका छन् । उनीहरू पुन: राष्ट्रिय सभामा पनि टिकटका लागि दौडधुप र चाडकी गरिरहेका छन् । सभापतिज्यूले त्यस्ता नेताहरूलाई समयमा चिन्नुपर्छ ।’

डा.अन्सारीले भने, ‘सभापतिज्यू तपाई हाम्रो अभिभावक हो । मुस्लिम समुदायमा धेरै नेताहरू छन् । राम्रो र उपयुक्त नेतालाई अवसर दिनु होला भनेर अनुरोध गरेको छु ।’

डा.अन्सारीले समानुपातिक, प्रत्यक्ष टिकट पाएका तथा पार्टीको पदाधिकारी र केन्द्रीय कार्यसमितिमा रहेका नेताहरूलाई पुन: नदोहोर्‍याउन सभापति देउवासँग आग्रह गरेको बताए ।

यसअघिको राष्ट्रिय सभाको निर्वाचनका बेला कांग्रेसको तर्फबाट एक जना पनि मुस्लिम समुदायको नेताले टिकट पाएका थिएनन् ।

कांग्रेसमा मुस्लिम समुदायको नामबाट सबैभन्दा धेरै अवसर लिने नेताहरूमा फर्मुल्लाह मन्सुर, अब्दुल सतार लगायतका नेताहरू पर्छन् । उनीहरूभन्दा निकै सक्षम र योगदान दिएका मुस्मिल नेताहरू कांग्रेसमा प्रसस्त रहेको बताउदै सभापति देउवाले राष्ट्रिय सभाको टिकट वितरणमा अन्याय नगर्नेमा आफू विश्वस्त रहेको डा.अन्सारीले बताएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  १२ : २३ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन