अष्ट्रेलियालाई अन्तर्राष्ट्रिय विद्यार्थी र अदक्ष कामदारको बोझ, भिसामा कडाइ गर्ने « Khabarhub

अष्ट्रेलियालाई अन्तर्राष्ट्रिय विद्यार्थी र अदक्ष कामदारको बोझ, भिसामा कडाइ गर्ने


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थी र अदक्ष कामदारलाई दिइने भिसामा कडाइ गर्ने भएको छ । अष्ट्रेलिया सरकारले आफ्नो अध्यागमन नीतिमा व्यापक परिवर्तन गर्ने घोषणा गर्दै यस्तो निर्णय गरेको हो । यसअनुसार त्यहाँ आगामी दुई वर्षमा आप्रवासीको आगमन घट्ने अपेक्षा गरिएको छ ।

नयाँ नीति अनुसार अष्ट्रेलिया जान चाहने अन्तर्राष्ट्रिय विद्यार्थीले अङ्ग्रेजी भाषामा उच्च अङ्क ल्याउनुका साथै दोस्रो पटकको भिसा आवेदन स्वीकृत गर्न थप कडाइ गरिनेछ ।

‘हाम्रो रणनीतिले आप्रवासीको सङ्ख्यालाई पहिलेजस्तै सामान्य बनाउनेछ ।’ अष्ट्रेलियाकी आन्तरिक मामिलामन्त्री क्लेरी ओनेललाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ, ‘तर, यो सङ्ख्याको कुरामात्रै होइन । यो अहिले हाम्रो देशले भोगिरहेको आप्रवासनको विषय पनि हो ।’

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आफ्नो देशको अध्यागन प्रणालीमै खोट रहेको भनदै यसलाई ‘दिगो स्तर’ ल्याउने बाचा गरेका छन् ।

अध्यागमनसम्बन्धी अष्ट्रेलिया सरकारले अघि सारेको सुधारका कदमले आप्रवासीको सङ्ख्या घट्ने अपेक्षा गरिएको मन्त्री ओनेलले बताइन् । सन् २०२२–२३ मा अष्ट्रेलियाको खुद आप्रवासन दर ह्वात्तै बढेर ५ लाख १० हजार पुग्ने अपेक्षा गरिएको छ । सन् २०२४–२५ र २०२५–२६ मा यो घटेर ५ लाख आसपास पुग्ने अपेक्षा छ ।

ओनेलका अनुसार सन् २०२२–२३ मा मुलुकमा आप्रवासीको सङ्ख्या बढ्नुमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको आगमनको ठूलो भूमिका छ ।

अन्तर्राष्ट्रिय विद्यार्थी र कामदारको आगमनका कारण त्यहाँको घरभाडाको बजारमा दबाब पैदा भएको र यसबाट घरवारविहीनता पनि बढेको जनाइएको छ । सिड्नी मर्निङ हेराल्ड अखबारका अनुसार अष्ट्रेलियाका ६२ प्रतिशत मतदाता आफ्नो देशले अति धेरै आप्रवासी भित्र्याइरहेको बताउँछन् ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ५ : ५१ बजे

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय