सिन्धुलीमा हायस दुर्घटना हुँदा १२ जना घाइते « Khabarhub

सिन्धुलीमा हायस दुर्घटना हुँदा १२ जना घाइते


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- सिन्धुलीमा हायस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

गम्भीर घाइते हुनेहरूमा उदयपुर जिल्ला त्रियुगा नगरपालिका ८ बस्ने ३८ वर्षीया यशोदा प्याकुरेल र उनका १० वर्षीय छोरा केशव प्याकुरेल रहेको प्रहरीले जनाएको छ । उनीहरूको हात, मुख र शरीरमा चोट लागको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

यस्तै, अन्य घाइते हुनेमा उदयपुर जिल्ला त्रियुगा नगरपालिका ८ का ५७ वर्षीय अर्जुनप्रसाद ढुंगाना, ५१ वर्षीया भगवती ढुंगाना, ५३ वर्षीय रामप्रसाद ढुंगाना, वर्ष ६२ का बासुप्रसाद ढुंगाना, वर्ष २३ का अतिश ढुंगाना, वर्ष ३३ का नवराज सुवेदी, वर्ष ५७ की रेणुका र सुनिल ढुंगानाको छोरी वर्ष १० की रेशिका ढुंगाना रहेका छन् ।

घाइतेहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । चालक सन्तलाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीको भनाइ छ ।

बुधबार काठमाडौंबाट उदयपुरको गाइघाटतर्फ आउँदै गरेको बा३ख ९७८८ नम्बरको हाइस बीपी राजमार्गको कमलामाई नगरपालिका २ भद्रकाली नजिकै दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ८ : १४ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत