पसलमा मूल्यसूची नहुँदा उपभोक्ता ठगिनेक्रम बढ्दो « Khabarhub

पसलमा मूल्यसूची नहुँदा उपभोक्ता ठगिनेक्रम बढ्दो


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– सोलुखुम्बुमा सञ्चालित अधिकांश होटल-पसलमा मूल्यसूची छैन । मूल्यसूची नहुँदा उपभोक्ता ठगिनेक्रम बढ्दो छ । जिल्लामा सञ्चालित अधिकांश होटल र पसलले मूल्यसूचीबिना नै आफूखुसी सामग्री बिक्री गरिरहेका छन् । 

यहाँका अधिकांश होटल र पसलमा मूल्यसूची नहुँदा व्यापारीको मनोमानी बढेको छ । यसको प्रत्यक्ष मारमा परेको उपभोक्ताको गुनासो छ । उद्योग वाणिज्य सङ्घले मूल्यसूची निर्धारण गरी सबै साना उद्योग, खाद्य स्टोर, किराना पसल, फेन्सी तथा कपडा पसल, होटललगायतलाई वितरण गर्नुपर्ने भए पनि सङ्घ निस्क्रिय हुँदा मूल्यसूची कायम गर्न सकिएको छैन ।

सदरमुकाम सल्लेरी बजार क्षेत्रका पसलमा बिना मूल्यसूची खाद्यान्न तथा अन्य सामग्री बिक्री भइरहेका छन् । ग्रामीण भेगका सबै पसलमा मनोमानीरुपमा सामग्री बिक्री भइरहेका छन् । एउटै सामानको मूल्य पसलैपिच्छे फरक पाइएको उपभोक्ताको गुनासो छ । खाद्यन्नदेखि अन्य सामग्रीको मूल्य घटबढ भइरहन्छ । मूल्य सूची कायम गराउने सवालमा उद्योग वाणिज्य सङ्घ निरीह हुँदा उपभोक्ता ठगिन बाध्य छन् । 

लामो समयदेखि मूल्यसूची कायम गर्न नसकिएको सङ्घका सहसचिव महेश खालिङ राईले स्वीकार गरे । सोलु दूधकुण्ड नगरपालिका, थुलुङ दूधकोसी, नेचा सल्यान, दूधकोसी, सोताङ, महाकुलुङ, लिखुपिके र खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रका पसल तथा होटलमा पनि मूल्यसूची नभएको पाइएको छ ।

बजार अनुगमन गर्दा होटल तथा पसलमा मूल्यसूची नभएको पाइएपछि तत्काल मूल्यसूची राख्न व्यवसायीलाई निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारीले बताए ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ३ : ०५ बजे

हर्मोन असन्तुलनको असर : ८–९ वर्षमै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

वीरगञ्ज नाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा चार