सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू | Khabarhub Khabarhub

सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स)परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा पहिलोपटक लाइसेन्समा ७० अंक ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम कार्यान्वयनमा ल्याएको हो ।

यही फागुन १ गतेबाटै लागू गर्ने तयारीमा रहेको प्रदेश सरकारले सो  बिदा परेकाले  आजदेखि नयाँ मापदण्ड कार्यान्वयन ल्याएको हो । मन्त्रालयले मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कूल अंकभार एक सय तोकेको छ । यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ । सवारी चालक अनुमति परीक्षा सञ्चालन निर्देशिका २०७७ निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो आठ (एट आकार) को अकभार २० तोकिएको छ । दुई पटकसम्म अंकीत रेखा छोएमा प्रत्येक पटक पाँच अंकको दरले १० अंकभार घट्नेछ तर, पनि ट्रायल भने फेल भइँदैन ।

यस्तै दुई पटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अंकीत रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा धेरैपटक खुट्टाले भुइँ टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था छ ।

यसैगरी साँघुरो फलेकको अंकभार १० तोकिएको छ । साँघुरो फलेकमा खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्के पनि अनुत्तीर्ण हुनेछन् । निर्देशिकामा यु–टर्नको अंकभार १० तोकिएको छ । टर्निङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ । त्यस्तो अवस्थामा पनि अंकित रेखा छोए भने अनुत्तीर्ण हुनेछन् ।

ट्राफिक संकेतका लागि १५ अंकभार तोकिएको छ । ट्राफिक संकेत पालना नगरेको खण्डमा १५ अंक घटाइनेछ । निर्देशिकामा उबडखाबडको अंकभार १५ तोकिएको छ । एकपटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा पाँच अंकभार घटाइनेछ । एकपटकभन्दा बढी स्टार्ट बन्द भयो भने प्रयोगात्मक परीक्षा दिने अनुत्तीर्ण हुनेछन् । उकालोको अंकभार २० तोकिएको छ । त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनलाई १० अंकभार तोकिएको छ ।

यस्तै कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको कुल अंकभार एक सय तोकिएको छ । यसमा ७० प्रतिशत ल्याएको खण्डमा प्रशिक्षार्थी उत्तीर्ण भएको मानिनेछ । निर्देशिकाअनुसार कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो आठ (एट)को अंकभार २० तोकिएको छ । दुईपटकसम्म अंकीत रेखा छोए प्रत्येक पटक पाँच अंकका दरले १० अंकभार घट्नेछ तर ट्रायल फेल भइँदैन ।

दुई पटकभन्दा बढी अंकित रेखा छोए, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गए, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण हुने व्यवस्था गरिएको छ । निर्देशिकामा ट्राफिक संकेतको अंकभार १५ तोकिएको छ । पालना नगरे १५ अंक घट्ने प्रावधान राखिएको छ ।

त्यसैगरी यु-टर्नको अंकभार १० तोकिएको छ । टर्निङ इन्डिकेटर लाइट नबालेको खण्डमा १० अंकभार घटाइनेछ । अंकित रेखा छोएको खण्डमा भने प्रशिक्षार्थी अनुत्तीर्ण हुनेछन् । चारपाङ्ग्रे सवारी चालकलाई र्‍यामका लागि अंकभार १५ तोकिएको छ ।

तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी अगाडि बढेमा, रोकिएको अवस्थामा सवारीसाधन अगाडि बढाउँदा सवारीको पछाडिको टायर छ इन्चभन्दा पछाडि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको सीमा नाघी सवारी रोकेमा वा एकपटकभन्दा धेरै सवारी स्टार्ट बन्द भएमा अनुत्तीर्ण हुनेछ । ‘ग्यारेज पार्किङ’को अंकभार १० तोकिएको छ । त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याङ्कनलाई १० अंकभार तोकिएको छ । 

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ११ : ३७ बजे

परारष्ट्रमन्त्री डा. राणा र भियतनामका उपराष्ट्रपतिबीच भेट

काठमाडौं – समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग

चुरियामाई सुरुङमार्ग : आठ महिनामा तीन हजारभन्दा बढीले गरे अवलोकन

बागमती– दक्षिण एसियाकै पहिलो मानिएको हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग

ढल्केवर– जनकपुर– जटही सडकमा विद्युतीकरण

जनकपुरधाम– ढल्केवर– जनकपुर– जटही ३५ किलोमिटर सडकमा रु चार करोड

स्पेसएक्सद्वारा २४ वटा स्टारलिङ्क स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

लस एन्जल्स- अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार २४ वटा

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वार्षिक प्रगति शतप्रतिशत

काठमाडौं– नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर