सेजमा निर्माणाधीन भवनको ढलान भत्किँदा दुई मजदुर घाइते  « Khabarhub

 सेजमा निर्माणाधीन भवनको ढलान भत्किँदा दुई मजदुर घाइते 


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बारा– करोडौँको लागतमा विशेष आर्थिक क्षेत्र (सेज) भित्र निर्माणको क्रममा रहेको प्रदर्शनी भवनको ढलान सोमबार खसेको छ । जीतपुरसिमरा ४ स्थित सेजमा निर्माणाधीन भवनको पहिलो तल्लाको ढलान कार्य भइरहेका बेला उक्त घटना भएको हो ।

ढलान खस्दा दुई मजदुर सामान्य घाइते भएका छन् । स्थानीय अस्पतालमा उपचार गराएर घर फर्किएका उनीहरूको अवस्था सामान्य छ । तर, घटनामा ठेकेदार कम्पनीको लापरबाही देखिएको छ ।

सेजमा कार्यरत प्राविधिकका अनुसार ठेकेदार कम्पनीको लापरवाहीका कारण उक्त घटना हो । प्रदर्शनी भवनको ढलान आफैमा चुनौतीपूर्ण रहेको अवस्थामा ठेकेदार कम्पनीले बलियो टेका लगाउनेतर्फ ध्यान नदिएको सेजका प्राविधिक बताउँछन् ।

उक्त भवन निर्माणको जिम्मा काठमाण्डौको प्रतिष्ठा कन्स्ट्रक्सनले पाएको थियो । सेजको ए ब्लकमा निर्माणाधीन उक्त प्रदर्शनी भवनसहित चमेना गृह, दुई वटा प्रवेशद्वार र सुरक्षा गार्ड भवन बनाउन ठेकेदार कम्पनीले ९ करोडमा ठेक्का लिएको हो ।

एक वर्षअघि ठेक्का सकारेर काम सुरु गरेको उक्त कम्पनीले प्रदर्शनी भवनको ढलान कार्य आइतबार सुरु गरेको थियो । पहिलो दिनमा ढलान कार्य सम्पन्न गर्न नसकेपछि ठेकेदार कम्पनीले सोमबार बिहानदेखि काम सुरु गरेको थियो ।

करिब २६-४५ मिटरको उक्त प्रदर्शनी भवनको ढलान भत्किएपछि सेजले विज्ञ टोली गठन गर्ने भएको छ । सेजका इन्जिनियर अजय चौधरीले घटनाको विषयमा केन्द्रलाई जानकारी गराएको र केन्द्रबाट विज्ञ टोली छानविनका लागी आउने बताए ।

चौधरीले ठुलो प्रदर्शनी हलको ढलान गर्दा अपनाउनुपर्ने सावधानी ठेकेदार कम्पनीले नअपनाएका कारण घटना भएको बताए । उनले क्षतीको सम्पूर्ण जिम्मेवारी ठेकेदार कम्पनीले लिनुपर्ने बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  १२ : १९ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट