राजमार्ग विस्तारले घाँसीकुवाको अस्तित्व जोखिममा « Khabarhub

राजमार्ग विस्तारले घाँसीकुवाको अस्तित्व जोखिममा


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

डुम्रे- भरजन्म घाँसतिर मन दिई धन कमायो ।
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो ?
म भानुभक्त धनी भैकन किन आज यस्तो
यो कवितांश घाँसीबाट प्रेरणा पाई आदिकवि भानुभक्त आचार्यद्वारा रचिएको हो। भानुभक्तले मामाको घर मानहुँ पुगेर पैदल बाटो फर्किने क्रममा घाँसीकुवामा नै घाँसीसँग भेट भएको र सोही घाँसीबाट प्रेरणा पाई सो कविता रचना गरेका थिए भन्ने भनाइ छ।

त्यसैले यस कुवाको संरक्षण आवश्यक रहेको स्थानीय तथा साहित्यिक क्षेत्रका व्यक्तित्वको भनाइ छ। घाँसीकुवालाई आदिकवि भानुभक्त आचार्यको प्रमुख प्रेरणा स्थलको रूपमा पनि लिइएको छ। पृथ्वी राजमार्गको विस्तारले गर्दा घाँसीकुवाको अस्तित्व जोखिममा परेको छ।  पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक खण्ड विस्तारले घाँसीकुवामा रहेको कुवा र उद्यान मासिने जोखिम बढेको छ। सडक विस्तार गर्दा हाल घाँसीकुवामा रहेको भानु–घाँसी स्मारक पार्क पनि हटाउनुपर्ने हुँदा संरक्षणका लागि तुरुन्त चासो राख्नुपर्ने माग स्थानीयवासीको छ। सडक विस्तारले गर्दा यहाँको अस्तित्व मासिने अवस्थाका लागि पटक–पटक स्थानीयवासीले नगरपालिका र प्रदेश तथा सङ्घ सरकारसमक्ष अनुरोध गर्दै आएको छ।

घाँसीकुवाको संरक्षणका लागि सम्बन्धित पक्षसँग छलफल गरिएको र त्यहाँको जमिन जोगाएर सडक बनाउने प्रयत्न भइरहेको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बताए।’न्यून आय भएका कमजोर व्यक्तिले पनि प्रेरणा, माया र शिक्षा दिन सक्दा रहेछन् भन्ने सन्देश घाँसीकुवाले दिइरहेको छ, हाल रहेको कुवाभन्दा थोरै तल सारेर घाँसीकुवाको मूल्य मान्यतालाई स्थापित गर्नेछौंँ’, नगर प्रमुख न्यौपानेले भने । ‘विगतमा सबैलाई सहज बनाउने उद्देश्यले कुवा केही तल सारिएको थियो, प्रेरणा स्थल संरक्षण गर्नेछौँ’, उनले भने। घाँसी स्मारक पार्क संरक्षण समितिका कर्मचारी तथा स्थानीय बासिन्दा प्रेमराज पन्थले ऐतिहासिकस्थलको जसरी पनि संरक्षण हुनुपर्ने बताए।

‘यहाँ धेरैले फोटो खिचेका छन्, घाँसीकुवाको पानी खाएका छन्, यो ऐतिहासिक ठाउँको संरक्षणका लागि सबैको चासो हुनुपर्छ’, पन्थले भने। देशव्यापी रूपमा चिन्ने ठाउँलाई जसरी पनि बचाउनुपर्छ र इतिहास मेट्न दिन नहुने पन्थको भनाइ छ। घाँसीको सम्झना र सम्मानमा तनहुँको एउटा गाविसको नाम नै ‘घाँसीकुवा’ राखिएको थियो। तर सङ्घीयता कायम भएसँगै अहिले यो गाविस व्यास नगरपालिकामा समायोजन भएको छ। सदरमुकाम दमौलीबाट पूर्वतर्फ करिब पाँच किलोमिटरको दूरीमा घाँसीकुवा पर्दछ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ४ : ३४ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको