टर्कीका भूकम्प पीडितलाई उद्योग वाणिज्य महासङ्घको राहत « Khabarhub

टर्कीका भूकम्प पीडितलाई उद्योग वाणिज्य महासङ्घको राहत


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घले टर्कीएका भूकम्प पीडितलाई राहत सामग्री सहयोग गरेको छ । प्रभावित क्षेत्रमा पठाउनका लागि महासङ्घले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मानवीय सहायतास्थललाई सहायता सामग्री हस्तान्तरण गरेको छ ।

महासङ्घले आज विज्ञप्ति जारी गर्दै सहयोग सामग्रीमा ज्याकेट, टाउजर, स्लीपीङ ब्याग, सेनेटरी प्याड, डाइपर, मेडिकल ग्लब्स, ब्याण्डेज, अक्सिजन मास्क, क्यानुला, स्कीन सेटप्लर, आइभी सेटलगायत रहेको जनाएको छ । सहायता सामग्रीका लागि महासङ्घको सदस्य संस्था रसायन तथा मेडिकल आपूर्ति सङ्घ नेपालको समेत सहयोग रहेको विज्ञप्तिमा उल्लेख छ ।

महासङ्घले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपत्तिमा परेका टर्कीएका नागरिकका लागि राहत सामग्री पठाएको जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ९ : ३५ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको