छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ५ जना पक्राउ « Khabarhub

छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ५ जना पक्राउ


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं र धनकुटाबाट पाँचजना लागूऔषधसहित पक्राउ परेका छन् । धादिङको गजुरी गाउँपालिका-१ गजुरी बजारस्थित सडकबाट अवैध लागूऔषध गाँजा २१ किलोग्रामसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गजुरी गाउँपालिका-८ बस्ने ४५ वर्षीय चन्द्र बहादुर तामाङ र सोही ठाउँ बस्ने ४० वर्षीय राज कुमार तामाङ रहेका छन् ।

 इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु.१ ख.२११९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । धनकुटाको आबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित मुग्लिङ पुलजिपबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय १५ एम्पुल, फेनरागन १ सय १५ एम्पुल र नुर्फिन १ सय १५ एम्पुलसहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रूपन्देही सिद्धार्थ नगरपालिका-६ पिपरैया बस्ने ४० वर्षीय महेश चमार, तनहुँ रिसिङ गाउँपालिका-१ सपाङदी बस्ने २१ वर्षीय आकाश गाहा र तनहुँ देबघाट गाउँपालिका-२ बैदी बस्ने २१ वर्षीय सुरज थापा रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ जाँदै गरेको ना.५ ख १८२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

  

 

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  १२ : ५५ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान