बुटवलमा सेवाप्रवाह र विकास योजनाबारे विज्ञसँग छलफल « Khabarhub

बुटवलमा सेवाप्रवाह र विकास योजनाबारे विज्ञसँग छलफल


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी- बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न विज्ञ तथा सरोकारवालासँग छलफल थालेको छ । उपमहानगरले क्षेत्रगत सुझाव सङ्कलन तथा समन्वयका लागि बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासँग सोमबारदेखि छलफल सुरु गरेको उपमहानगरप्रमुख खेलराज पाण्डेयले बताए ।

सोमबार कानुन व्यवसायी, इञ्जिनीयर र चिकित्सकसँग छलफल गरिएकामा उनीहरूले बुटवलवासीको आवश्यकताअनुसार प्राथमिकता निर्धारण गरेर योजना निर्माण गर्न सुझाव दिएका थिए ।

सहभागी व्यक्तिहरूले सङ्घ, प्रदेश र स्थानीय सरकारका योजना दोहोरिएको र दोहोरो योजनाका कारण जनता अलमलमा परेकाले  यस विषयमा स्थानीय सरकारका रूपमा समन्वयकारी भूमिका निर्वाह गर्न सुझाव दिएका थिए । उपमहानगर प्रमुख पाण्डेयले बुटवललाई साझा सहरका रूपमा अगाडि बढाउने प्रयास गरिरहेकाले सबै क्षेत्रका बुद्धिजीवीको रचनात्मक सुझावको अपेक्षा गरिएको बताए ।

‘हामी बुटवललाई साझा सहरका रूपमा देशकै अगुवा सहर बनाउन चाहन्छौँ,’ उनले भने, ‘बुद्धिजीवी र अनुभवी साथीको साथ तथा सहयोग जरुरी छ ।’ कार्यक्रममा कानुन व्यवसायी, इञ्जिनीयर र चिकित्सा क्षेत्रका व्यक्तिले आगामी नीति कार्यक्रम र बजेट निर्माणमा बुटवललाई व्यवस्थित सहरका रूपमा स्थापित गर्ने गरी योजना ल्याउन सुझाव दिएका थिए ।

चैत १ गते धार्मिक सङ्घ संस्थाका प्रमुखसँग, चैत २ गते महिला स्वयंसेविका र सामुदायिक वन र पार्कका अध्यक्षसँग छलफल गरिने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  १२ : ५८ बजे

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता

विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

लमजुङ- नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर