विशेष अदालतको जरिवाना र कैदको फैसला अन्यायपूर्ण : पूर्वमन्त्री न्यौपाने « Khabarhub

विशेष अदालतको जरिवाना र कैदको फैसला अन्यायपूर्ण : पूर्वमन्त्री न्यौपाने


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वमन्त्री बद्रिप्रसाद न्यौपानेले आफूमाथि गरिएको जरिवाना र कैदको फैसला अन्यायपूर्ण रहेको दाबी गरेका छन् । 

भृकुटीमण्डपको जग्गा भाडामा दिने सम्बन्धमा भएको करार विषयमा विशेष अदालतले उनलाई जरिवाना र कैद सजाय सुनाएको छ । जसलाई उनले अन्यायपूर्ण भनेका हुन् । मंगलबार पत्रकार सम्मेलन गरेर उनले आफूमाथि सुनाइएको फैसला कानुन र प्रमाणअनुरुप नभई अन्यायपूर्ण र विवेकहीन जिकिर गरेका हुन् । 

तर, न्यायालयबाट भएको फैसला अन्यायपूर्ण भए पनि आफूले स्वीकार गर्ने न्यौपानेको भनाइ छ । आफ्नो राजनीति भविष्य सिध्याउने खेल भएको आरोप लगाएका उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रहका साथ  आफूविरुद्ध मुद्दा चलाएको आरोप लगाए । 

विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदनका लागि जान आफूसँग पैसासमेत नभएको भन्दै उनले आफूसँग जरिवाना तिर्नसक्ने, धरौटी राख्न सक्ने वा बैंक ग्यारेन्टी दिनपनि सक्ने आर्थिक हैसियत नभएको बताए । 

 

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  १ : ०३ बजे

मंगलसेन पुग्यो बालेनको चुनाव यात्रा (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

बालेन्द्रका सहयोगी सिटौलालाई सेनाको जहाजबाट काठमाडौं ल्याइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन्द्र

मानवीय सुरक्षा सुनिश्चित गर्ने युक्रेनको नयाँ कदम

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आफ्ना शहरमाथि आक्रमण रोकिएको देखिने

सरकारी संरचना तोडफोड र जलाउने योजनाकारलाई भोट नहाल्न एमाले नेता दाहालको आग्रह

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका चुनावी कमाण्डर एवम्

अमेरिकी सरकार सटडाउनतर्फ

एजेन्सी– अमेरिकी सिनेटले सरकारी खर्चसम्बन्धी महत्त्वपूर्ण मतदान अवरुद्ध गरेपछि सङ्घीय