मङ्गलबार राना थारू समुदायको खखडेहरा पर्व मनाउँदै « Khabarhub

मङ्गलबार राना थारू समुदायको खखडेहरा पर्व मनाउँदै


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राना थारू समुदायले मङ्गलबार परम्परागत ‘खखडेहरा पर्व’ मनाइरहेका छन् । कञ्चनपुर र कैलालीमा मात्रै बसोबास रहेको राना थारू समुदायले परम्परागत होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वका रुपमा परम्परगत शैलीमा मनाउने गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले सो पर्वका अवसरमा कैलाली र कञ्चनपुरमा मङ्गलबार सार्वजनिक बिदासमेत दिएको छ । राना थारूको धार्मिक एवं सांस्कृति महत्व बोकेको खखडेहरा पर्वको आफ्नै विशेषता रहेको कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँ कटानका चेतराम रानाले बताए ।

उनले आफ्नो समुदायका नागरिकहरुको दीर्घायु, रोगब्याधी नलागोस् भनेर खखडेहरा पर्वमा गाउँबाहिर गएर परम्परागत शैलीमा पूजासमेत गर्ने प्रचलन रहेको सुनाए ।

राना थारू समुदायमा एक महिनासम्म होली मनाउने प्रचलन छ । फागू पूर्णिमादेखि पम्परागत शैलीमा एक महिना होली खोलिन्छ ।

“खखडेहरा पर्वका दिन बिहानै गाउँभरिका मानिसहरु खखडेहरा फुटाउन जान्छन्”, राना थारू सामुदायिक घरबास ‘होमस्टे’का सचिवसमेत रहेका चेतरामले भने, “खखडेहरन फुटाउन जाँदा गाग्रो, लोटा, खपटेलका टुक्रा, माटोको मट्याङग्रा र सात प्रकारको अन्न, सुकेको गोवर आदि आवश्यक पर्छ ।”

उनले राना समुदायले हरेक घरबाट बिहानै खप्टोमा माटोको भाँडा, सुइरो गाँसिएका मट्याङ्ग्रा बोक्दै रोगब्याध, भूत प्रेत, लङ्गडी घरघरबाट खखडेहरा लगेर जाने चलन रहेको बताए ।

“खखहडेरा गाउँभन्दा बाहिरबाट गाउँलेले ल्याएका सामग्रीहरु एकजुट गरी प्रधान वा गाउँको चौकीदारले फुटाउने चलन छ”, रानाले भने, “खखडेहरा फुटाइसकेपछि घर आउँदा फर्केर हेर्न नहुने मान्यता छ ।”

रानाका अनुसार खखडेहरा फुटाएर आउनेहरुले फेरि होलीमा चलाइएको धुलो खरानी लिएर गाउँका भलमन्सा, प्रधान, अगुवालगायत सबैको घरमा पुगेर टीका लगाई आशीर्वाद दिने र खुसियाली मनाउने गरिन्छ ।

गर्मी बढेसँगै प्रकोप बढ्ने समय सुरु हुने भएकाले ती प्रकोपहरु नआऊन् भनेर सामूहिक रुपमा राना थारू समुदायले खखडेहरा पर्व सामूहिक रुपमा मनाउने गरेका छन् । राना थारूको बसोबास बढी रहेको कञ्चनपुरको लालझाडी गाउँपालिकामा खखडेहरा महोत्सवसमेत मङ्गलबारदेखि सुरु भएको छ । कला, संस्कृतिको संरक्षणका लागि भन्दै यहाँ दुईदिने महोत्सवको आयोजना गरिएको हो । राना कला संस्कृति संरक्षण मञ्चको आयोजनामा हुने महोत्सवका अवसरमा यहाँ रक्तदान गरिएको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  २ : ४६ बजे

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता

विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

लमजुङ- नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर