तिलोत्तमामा सरसफाइ प्रतिबद्धताका लागि मानव साङ्लो « Khabarhub

तिलोत्तमामा सरसफाइ प्रतिबद्धताका लागि मानव साङ्लो


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्द्धन एवं नियमित सरसफाइ अभियानको एक सयौँ शृङ्खलाका अवसरमा आज मानव साङ्लो निकालिएको छ ।

सप्ताहव्यापी कार्यक्रमअनुसार नगरपालिकाभित्र पर्ने सिद्धार्थ राजमार्गमा मानव साङ्लो निकालिएको हो । अभियानमा सबै नागरवासीको साथ, समर्थन रहेको सन्देश दिई प्रतिबद्धता जनाउने उद्देश्यले मानव साङ्लो आयोजना गरिएको नगरप्रमुख रामकृष्ण खाणले बताए ।

नगरपालिकाको योगिकुटीदेखि कोटिहवाको १३ किलोमिटर राजमार्ग खण्डका विभिन्न चोकमा जम्मा भएका सहभागीहरुले एकापसमा हात जोडेर सरसफाइ अभियानमा आफ्नो प्रतिबद्धता जनाएका थिए । मानव साङ्लोमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, शिक्षक, विद्यार्थी, कर्मचारी, विभिन्न सङ्घसंस्था, क्लब, आमा समूह, खानेपानी, वन, टोल विकास संस्थाहरुले सहभागिता जनाएको अभियान संयोजक सुरेन्द्र श्रीले जानकारी दिए ।

सरसफाइ तिलोत्तमाको पहिचान र सभ्याता हो भन्ने कुरामा सबै नगरवासीको प्रतिबद्धता र एकताको सन्देश दिन मानव साङ्लो निकालिएको नगरपालिकाले जनाएको छ । सहभागीहरुले विभिन्न प्लेकार्ड प्रदर्शन गर्दै आफ्नो फोहोर आफैँ व्यवस्थापन गर्ने, जथाभावी फोहोर नगर्ने, नगरपालिकाले चलाएका अभियानमा यथेष्ट सहयोग पु¥याउने प्रतिबद्धता जनाएका थिए ।

नगरपालिकाले आज नै मणिग्राम चोकमा निर्माण गरिएको सरसफाइ स्मारक उद्घाटनसमेत गरिएको छ । अभियान सयौँं शृङ्खलामा प्रवेश गरेको स्मरणमा मणिग्राममा सरसफाइ स्मारक निर्माण गरिएको हो । स्मारकमा पुरुष र महिलाले सरसफाइ गरेको प्रतिमा राखेर अभियानमा सबैको सहभागिताको सन्देश प्रवाह गरिएको छ । स्मारकको नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वरी चौधरीले संयुक्त रुपमा उद्घाटन गरे ।

त्यस क्रममा नगरप्रमुख खाणले सरसफाइलाई तिलोत्तमावासीको संस्कार र संस्कृतिसँग जोडेर दिगो बनाउने अभियानमा नगरपालिका रहेको बताए । तिलोत्तमाले बनाएको स्वच्छ र सफा नगरको पहिचानले यहाँ बसाइँसराइको दरसमेत तीव्र रुपमा बढेको नगरप्रमुख खाणको भनाइ छ ।

तिलोत्तमामा २०७४ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु आएसँगै नियमित सरसफाइ अभियान सुरु भएको हो । चैत १ गते एक सयौँ शृङ्खलामा पुग्ने अभियानअन्तर्गत हरेक महिनाको १ र १५ गते नगरप्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधिहरुको सहभागितामा नगरस्तरीय सरसफाइ अभियान सञ्चालन हुँदै आएको छ । वडा कार्यालय र टोल विकास संस्थाहरु समेतले नियमित सरसफाइ अभियान चलाउँदै आएका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ३ : २५ बजे

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा