भक्तपुर नगरपालिकाद्वारा बाटो छेउ राखिएका मोटरसाइकल नियन्त्रण « Khabarhub

भक्तपुर नगरपालिकाद्वारा बाटो छेउ राखिएका मोटरसाइकल नियन्त्रण


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भक्तपुर नगरपालिकाले नगरका विभिन्न स्थानका बाटो छेउ राखिएका मोटरसाइकल लगायतको सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

मोटरसाइकल वर्कसप, विक्रेताहरुले बाटोको छेउमा राखेका मोटरसाइकलहरु जफत गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरको घलाटे र चुनदेवीमा २५ वटा पसल अनुगमन गर्दा पटकपटक हटाउन निर्देशन दिँदा पनि नहटाएका सामान र मोटरसाइकल जफत गरी ल्याएको जनाएको हो ।

पसल बाहिर बाटो र पेटीमा बेचविखनको लागि राखेको सामानहरु र मोटरसाइकलहरु जफत गरी ल्याएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले बताए । अनुगमनमा ब्रदर्श रिकन्डिसन हबलाई बाटो र पेटीमा बिक्रीको लागि राखिएको मोटरसाइकल नराख्न पटकपटक निर्देशन दिँदासमेत अटेर भएकोले प्र। ३ – ०२ – ०१२ प ५५७० को मोटरसाइकल जफत गरी तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको जनाइएको छ ।

कृष्ण किराना पसलमा जम्बो स्प्राइट ३ वटा म्याद नाघेकोले नष्ट गर्न निर्देशन दियो । श्रीलाल कोसवारको ग्रील पसल तथा वर्कशप, रिचा भुसालको किराना पसल, सुस्मिता श्रेष्ठको साधारण जलपान पसल त्यही“ दर्ता गराएको निरीक्षणमा सहभागी वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताए ।

अनुगमनमा वडाध्यक्ष श्यामकृष्ण खत्री, वडासदस्य रीता फसिकवा, भनपा श्यानिटेशका नगर निरीक्षक।दिलिपकुमार सुवाल, वडा निरीक्षक।रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेबी व्याञ्जु, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरीक्षक विनोद सुवाल, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, भक्तपुर उद्योग बाणिज्य संघका राजु त्वानाबासु, घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठको सहभागी थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ५ : ५१ बजे

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका