डब्लुएचओद्वारा श्वासप्रश्वास सङ्क्रमण उपचार केन्द्र सशस्त्र प्रहरीलाई हस्तान्तरण « Khabarhub

डब्लुएचओद्वारा श्वासप्रश्वास सङ्क्रमण उपचार केन्द्र सशस्त्र प्रहरीलाई हस्तान्तरण


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले ‘गम्भीर श्वासप्रश्वास सङ्क्रमण उपचार केन्द्र’ हस्तान्तरण गरेको छ । बलम्बुमा रहेको नेपाल सशस्त्र प्रहरी बल अस्पतालमा निर्माण गरिएको उपचार केन्द्र आज आयोजित कार्यक्रममा डब्लुएचओ दक्षिण पूर्वी एसियाका लागि क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले स्वास्थ्य सचिव डा रोशन पोखरेललाई हस्तान्तरण गरे।

डब्लुएचओ दक्षिण पूर्वी एसियाका लागि क्षेत्रीय निर्देशक डा खेत्रपाल सिंहले जनस्वास्थ्य आपत्कालीन अवस्थाहरूको लागि पूर्वतयारी र प्रतिकार्य क्षमता बलियो बनाउन उपचार केन्द्रको स्थापना गरिएको बताए।

उनले गम्भीर श्वासप्रश्वासको सङ्क्रमण विश्वमै सङ्क्रामक रोगबाट हुने बिमारी र मृत्युको प्रमुख कारण रहेको उल्लेख गर्दै यस स्वास्थ्य संरचनाले श्वासप्रश्वाससम्बन्धी सङ्क्रामक रोगका लागि नमूना सिफारिस (रेफरल) उपचार केन्द्रको रूपमा काम गर्नुको साथै बिरामीको सङ्ख्या धेरै हुँदा उपचार र व्यवस्थापनमा सहयोग पु¥याउने बताए ।

स्वास्थ्य सचिव डा रोशन पोखरेलले भविष्यमा आउनसक्ने महामारी प्रतिकार्यका बेला यस उपचारकेन्द्र प्रभावकारीरुपमा सञ्चालनका लागि कार्यविधि बनाइने बताए । नेपालका लागि डब्लुएचओका प्रमुख डा राजेश संभाजीराव पाण्डवले उपचार केन्द्रले श्वासप्रश्वाससम्बन्धी सङ्क्रमणका बिरामीको उपचार र हेरचाहका लागि नेपालको स्वास्थ्य पूर्वाधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

विश्व खाद्य कार्यक्रम नेपालका निर्देशक रोबर्ट कास्काले उपचार केन्द्रमा मध्यम, गम्भीर, जटिल र सघन उपचार चाहिने बिरामीको लागि ९२ वटा शय्या उपलब्ध भएको जानकारी गराए । उनले शय्याका साथै भान्साकोठा, भोजन कक्ष, लुगाधुने ठाउँ र फार्मेसीको सुविधासमेत रहेको बताए । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले उपचार केन्द्रबाट सङ्क्रामक रोग रोकथाम र नियन्त्रणमा सहयोग पुग्ने बताए । करिब सात हजार छ सय वर्ग मिटरमा फैलिएको उपचार केन्द्र, दक्षिण–पूर्वी एसिया क्षेत्रमा पहिलो हो ।

उपचार केन्द्र कोभिड–१९ लगायत श्वासप्रश्वाससम्बन्धी अन्य सङ्क्रामक रोगका सामान्य, मध्यम, गम्भीर र जटिल अवस्थाका बिरामीको उपचारका लागि निर्माण गरिएको हो । श्वासप्रश्वासका बिरामीको उपचार गर्न निर्माण गरिएको यस उपचार केन्द्र सङ्क्रमण रोकथाम तथा नियन्त्रणका उपायमा आधारित छ ।

कर्मचारीका लागि छुट्टै स्थान, बिरामीका लागि आउने र जाने छुट्टै बाटो तथा श्वासप्रश्वासबाट हुनसक्ने सङ्क्रमणको फैलावटलाई कम गर्न उचित भेन्टिलेसन र वायु शुद्धीकरण प्रणालीको व्यवस्था गरिएको छ । उपचार केन्द्रलाई सामान्य, मध्यम, गम्भीर र जटिल वार्डमा विभाजन गरिएको छ ।

कोभिड–१९ महामारीका बेला मन्त्रालयले फिल्ड अस्पताल स्थापना गर्न विश्व स्वास्थ्य सङ्गठनलाई आग्रह गरेपछि विश्व खाद्य कार्यक्रमको अन्तर्राष्ट्रिय अनुदान सहयोगबाट यस उपचार केन्द्र स्थापना गरिएको हो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ९ : ४० बजे

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश