नेपालमा सिर्जना भएका रोजगारीमा नेपालीले काम नपाउने चुनौती बढ्याे : महामन्त्री थापा « Khabarhub

नेपालमा सिर्जना भएका रोजगारीमा नेपालीले काम नपाउने चुनौती बढ्याे : महामन्त्री थापा


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा सिर्जना भएका रोजगारीमा नेपालीले नै काम नपाउने चुनौती बढेको बताएका छन्।

नेपाल ट्रेड युनियन कांग्रेसले आज यहाँ आयोजना गरेको ‘नीति अधिवेशन’ मा उहाँले नेपालमा काम नपाउने अवस्था सिर्जना भएको बताएका हुन् । “नेपालमा रोजगारी सिर्जना हुन्छ तर नेपालीले काम पाउँदैनन्, आज के कति कारणले नेपाली श्रमिकले काम पाएका छैनन् त्यसमा गम्भीर बहस हुनुपर्छ”, उनले भने ।

महामन्त्री थापाले आजको समस्या समाधान गर्न पनि बिपी कोइरालाले नै भनी दिएको हुनुपर्ने अवस्था पार्टीभित्र रहनु बिपीमाथि नै कांग्रेसले अन्याय गरेको हुने बताए । उनले हाम्रो भागको समस्याको समाधान हामी आफैँले गर्नुपर्ने भन्दै त्यसमा लाग्न ट्रेड युनियन कांग्रेसका पदाधिकारीलाई सचेत गराए ।

महामन्त्री थापाले बिपी कोइराला कांग्रेसका लागि मूल विचारधाराको स्रोत भए पनि आजको चुनौती हामी आफैँले समाधान गरेर अघि बढ्नुपर्ने बताए। पार्टीभित्र विचार निर्माणको सवालमा खुलेर बहस गर्नुपर्ने बेला आएको उनको भनाइ थियो ।

महामन्त्री थापाले पार्टीभित्र आफूले केही वैचारिक छलफल चलाउन खोजेपनि त्यसमा पार्टीभित्रैबाट साथ नपाएको गुनासो गरे । आजदेखि सुरु भएको नीति अधिवेशन दुई दिनसम्म चल्नेछ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  १० : २३ बजे

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता