चौथो खेलमा गुजरातको तेस्रो जित « Khabarhub

चौथो खेलमा गुजरातको तेस्रो जित


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपिएल)मा साबिक विजेता गुजरात टाइटन्सले पन्जाव किङ्सलाई पराजित गरेको छ।

बिन्द्रा स्टेडियम मोहालीमा बिहीबार राति भएको खेलमा घरेलु टोली पन्जाब किंग्सलाई गुजरातले ६ विकेटले हराएको हो।

पन्जावले दिएको १५४ रनको लक्ष्य गुजरातले १९.५ ओभरमा भेट्टायो। गुजरातका लागि सुभमन गिलले ६७ र रिद्धिमन शाहले ३० रन जोडे।

पन्जावका लागि अर्शद्वीप सिंह, कागिशो रबडा, हर्पित बरार र श्याम कुरनले समान एक एक विकेट लिए।

टस हारेर ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको थियो।​

जितसँगै ६ अंक जोडेको गुजरात तालिकाको तेस्रो स्थानमा छ । उसले अहिलेसम्म ४ खेलमा ३ मा जित र १ मा हार ब्यहोरेको छ।

पन्जाब ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ७ : २० बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा