हतियारसहित महोत्तरीमा एक जना पक्राउ « Khabarhub

हतियारसहित महोत्तरीमा एक जना पक्राउ


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – हतियारसहित सागरनाथ वन परियोजनामा सिकार खेलिरहेका एक जना पक्राउ परेका छन् ।

भरुवा बन्दुकको प्रयोग गरी वनमा वन्यजन्तुको सिकार खेलिरहेका बर्दिबास-१४ बस्ने भीम भनिने गणेश बहादुर मगर पक्राउ परेका हुन् ।

बिहीबार बेलुका केही व्यक्तिहरू सिकार गरिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले हतियार फ्याकेर भाग्दै गरेको अवस्थामा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मगरले अर्को एक जना अविचन सदासमेत सग्लन भएको बयान दिएका छन् । प्रहरीले वन परिसरबाट झाडीमा लुकाइएको दुई थान भरुवा बन्दुक पनि फेला पारेको छ ।

एउटा बन्दुकमा एक राउन्ड फायरिङ्ग गरेको अर्कोमा तयारी अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिलिप कुमार गिरिले जानकारी दिए ।

तयारी अवस्थामा रहेको बन्दुकलाई प्रहरीले डिस्पोज गरेको छ भने हातहतियारमा प्रयोग हुने सामाग्रीसहित दुई नाल बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका मगरलाई भने इलाका प्रहरी कार्यालय बर्दिबासमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ९ : १२ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको