बागमती प्रदेश प्रमुख शर्माद्वारा नयाँ वर्षको शुभकामना « Khabarhub

बागमती प्रदेश प्रमुख शर्माद्वारा नयाँ वर्षको शुभकामना


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ वर्ष २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख शर्माले आज एक सन्देश जारी गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गरेका हुन्। उनले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ, “देशलाई सर्वोपरि राखी हामी र हाम्रो भन्ने साझा भावनाको विकास गर्न आजैका दिनदेखि मन, वचन र कर्मले लागिपर्न प्रतिबद्ध रहन सकौँ ।” उनले संविधानले निर्धारित गरेको लक्ष्य र राष्ट्रले तय गरेको गन्तव्यमा पुग्न हाम्रो दृढनिश्चय र कठोर सङ्कल्प चाहिने बताएका छन् । यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणमा थप टेवा पुर्‍याउन सक्ने उनको भनाइ छ ।

“हाम्रो बीचमा रहेको सद्भाव, भातृत्व र सहिष्णुता अझ प्रगाढ र कसिलो बन्न सकोस्, स्थायी शान्ति, दिगो विकास र आर्थिक समुन्नतिको मार्गप्रशस्त हुन सकोस्”, शुभकामना सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ११ : १९ बजे

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत