‘मुलुकलाई संकटबाट मुक्त गर्न राष्ट्रवादी, सनातन हिन्दुवादी एक हुन ढिला गर्नुहुन्न’ « Khabarhub

‘मुलुकलाई संकटबाट मुक्त गर्न राष्ट्रवादी, सनातन हिन्दुवादी एक हुन ढिला गर्नुहुन्न’


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई अहिलेको संकटबाट मुक्त गर्न राष्ट्रवादी ,सनातन हिन्दुवादी पक्षधर शक्तिहरू केही मतभिन्नता र असमझदारीलाई थाती राखेर एक ठाउँमा उभिन अब ढिलाइ गर्न नहुने बताएका छन् ।

नयाँ वर्षको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै थापाले मुलुकको हित र बृहत्तर लक्ष्य प्राप्तिको निमित्त सबै आ-आफ्नो ठाउँबाट लचकता अपनाउदै एकतामा आउनुपर्नेमा जोड दिए । 

मुलुकको व्यवस्था मात्र परिवर्तन भएको अवस्थामा कुनै परिवर्तन नभएको चर्चा गर्दै थापाले राजनीतिक परिवर्तनले सनातन धर्म, संस्कृति र परम्परालाई नष्ट गरेकोमा चिन्ता व्यक्त गर्दै थापाले आर्थिक विकास, समृद्धि  र देश निर्माण मृगमरिचिका बनेको बताए । वैदेशिक रोजगारी अलिकति मात्रै तलमाथि परे देशको अर्थतन्त्र तासको घर झै ढल्ने भन्दै थापाले मुलुकको न्यायपालिका ,व्यवस्थापिका र कार्यपालिका राजनीतिको छाँयामा परेकोमा चिन्ता व्यक्त गरे । 

ठूला दलहरूको अदूरदर्शिता र अकर्मण्यताको कारण विदेशी चलखेल र प्रभाव बढेको, कानुनी मान्यतामाथि हमला गरिएको सीमित राजनीतिक दलका सीमित नेताहरूको सिन्डिकेटतन्त्र हाबी भएको भन्दै थापाले राप्रपा नेपाललाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने अग्नि परीक्षामा उच्च मनोबल सहित खरो रुपमा उत्रन नयाँ वर्षले सबैमा प्रेरणा दिने समेत थापाले विश्वास व्यक्त गरे ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं उपत्यका संयोजक जयकुमार खड्का, केन्द्रीय सदस्य राजकुमार खड्का लगायतले बोलेका थिए ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ५ : ०६ बजे

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत

फेरि ‘रियल सुपरस्टार’को ट्याग, हिरो पनि स्वीकार्छन्

काठमाडौं – मेकरहरू आफ्नो फिल्मको हिरोको नामको अगाडि विभिन्न ट्याग

शहीद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त प्रचण्ड

रुकुमपूर्व– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सोमबार मनोनयन