केन्यामा येशुलाई भेट्ने नाममा भोकभोकै बस्दा चारको मृत्यु « Khabarhub

केन्यामा येशुलाई भेट्ने नाममा भोकभोकै बस्दा चारको मृत्यु


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – केन्याको तटीय शहर मालिन्दीमा भूमिगत अवस्थामा रहेका चार जनाको मृत्यु हुनुका साथै अन्य ११ जनाको उद्धार गरिएको प्रहरीले शुक्रबार पुष्टि गरेको छ ।

उक्त क्षेत्रको एक निजी फार्ममा दर्जनौं मानिस येशुलाई भेट्ने नाममा भोकभोकै बसिरहेको सूचना प्राप्त भएपछि प्रहरी उद्धारका लागि त्यहाँ पुगेको प्रहरीले एक सुरक्षा रिपोर्टमा जनाएको छ ।

रिपोर्टअनुसार यो ‘येशूलाई प्रत्यक्ष भेट्ने’ तरिकाको एक भाग हो भनेर बताइएपछि पीडितहरू भोक सहेरै त्यहाँ बसिरहेका थिए’ । उनीहरूलाई यस किसिमको प्रचार गरी येशूलाई भेट्न विश्वास दिलाउने व्यक्ति गुड न्यूज इन्टरनेसनल चर्चका पास्टर थिए । उनलाई यसअघि पनि यस्तै अपराधमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिहीबार घटनास्थलको निरीक्षण गरेका सुरक्षा अधिकारीहरू केही घरधुरीमा पुग्न सफल भएका थिए र १५ जनालाई उद्धार गर्न सफल भएका थिए, जसमध्ये छ जनाको अवस्था गम्भीर थियो ।

उद्धारपछि उनीहरूको उपचार सहयोग गर्न चिकित्सकलाई बोलाइएको थियो, तर यस क्रममा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चर्चको भित्री सदस्य रहेका ती सूचनादाताले जङ्गलमा अज्ञात स्थानमा ३१ जनाको शव भेटिएको सामूहिक चिहानबारे प्रहरीलाई जानकारी गराएका थिए ।

अधिकारीहरूले तटीय क्षेत्रमा बढ्दो धार्मिक वेथितिको निन्दा गर्दै यस मुद्दालाई सम्बोधन गर्न गम्भीर ध्यान र प्रयासको लागि आह्वान गरेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ८ : ०७ बजे

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित