कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा « Khabarhub

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष भूमिकामा रहेको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले प्रेस विज्ञप्ति र पोस्टर सार्वजनिक गरी प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

यस ‘हिमाली सर्वाइभल थ्रिलर’ फिल्मले हिमाली भेगमा पाइने बहुमूल्य जडीबुटी यार्चागुम्बा लागि हुने अपराधको कथा समेटेको छ ।

लेजेन्ड कलाकार सुनील थापाको यो अन्तिम फिल्म हो । उनको केही महिनाअघि मृत्यु भएको हो । रिलिजका हिसाबले उनको यो नै अन्तिम फिल्म हुनेछ ।

निर्माण पक्षका अनुसार फिल्मको शीर्ष भूमिकामा रहेकी नायिका परीक्षाले सोनम नामकी युवतीको भूमिका निर्वाह गरेकी छन् । फिल्ममा समावेश भावनात्मक र नाटकीय अवस्थाहरूको केन्द्रीय कारक उनै हुन् ।

फिल्ममा कर्मा विलकुल फरक भूमिकामा रहेका छन् । उनको लुक्स नै फिल्मको प्रमुख आकर्षण मध्य एकमा पर्छ ।

प्रदर्शन मिति सार्वजनिक गर्दै निर्माण पक्षले एक पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा यार्चागुम्बालाई तस्बिर मात्रै राखिएको छ ।

यही फिल्मबाट धिराज राजवंशीले निर्देशनमा डेब्यू गरेका छन् ।‍

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  ३ : ४१ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह