जेठ ४ गते संसदमा प्रधानमन्त्रीले सांसदसँग प्रश्नोत्तर गर्ने « Khabarhub

जेठ ४ गते संसदमा प्रधानमन्त्रीले सांसदसँग प्रश्नोत्तर गर्ने


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ४ गते प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर गर्ने तयारी गरेका छन् । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको हो।

जेठ ४ गते को बैठकमा प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी हुने तयारी भएको नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले  भएको जानकारी दिएका छन् ।

उनले संसदभित्र रहेका दलहरूको शक्तिका आधारमा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने समझदारी भएको पनि बताए। त्यस्तै, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय समितिको बैठक पनि चाँडै बोलाउने सहमति भएको बताए। 

संयुक्त समिति बनाउनका लागि नियमावली संशोधन आवश्यक रहेकाले नियमावली संशोधनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने कुरा पनि उनले बताए। इच्छुक १५ जना सदस्यले प्रश्न सोध्न पाउने व्यवस्था हुनेछ। 

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ६ : १८ बजे

किशोर श्रेष्ठ पक्राउ र जनआस्थामा प्रहरीको छापाबारे बोल्यो प्रेस काउन्सिल

काठमाडौं- प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका

पुटिनको कुरिल भ्रमणमा जापानको आपत्ति

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापानले आफ्नो भूभाग दाबी गर्दै

बाजुरा बाढीपहिरोको उच्च जोखिममा

बाजुरा– बाजुरा जिल्ला पहिरोको उच्च जोखिममा परेको छ । भिरालो भूभाग,

अक्षय-सैफको ‘हैवान’को टिजर सार्वजनिक, को हिरो र को ‘हैवान’?

काठमाडौं- बलिउडका चर्चित अभिनेता अक्षय कुमार र सैफ अली खान

राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्याँसको अभावमा नागरिकले खाना खानै