बिपरोजय तुफानले गुजरातमा ६ जनाको मृत्यु « Khabarhub

बिपरोजय तुफानले गुजरातमा ६ जनाको मृत्यु


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

गुजरात– चक्रवात विपरजोय आँधीका कारण गुजरातमा ६ जनाको मृत्यु भएको छ । हिजो देखी सुरु भएको बिपरजोय तुफानका कारण ३७ हजार भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ । 

तुफानको खतरा दिनानुदिन बढ्दै गएकोले गुजरात राज्य सरकारले जनतालाई सुरक्षित राख्न हरसम्भव प्रयास गरिरहेको जनाएको छ । जसअनुसार मंगलबारसम्म ८ जिल्लाका ३७ हजारभन्दा बढी मानिसलाई राज्य सरकारले आश्रयस्थलमा पठाएको थियो।

बिपरजोयको खतरालाई मध्यनजर गर्दै धेरै सरकारी निकायले गुजरातको सौराष्ट्रकच्छको तटीय जिल्लामा ठूलो अलर्ट जारी गरेका छन् । बिहीबार साँझ जखाउमा १२५–१३५ किलोमिटर प्रतिघण्टा र १५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने अनुमान गरिएको छ ।

चक्रवाती आँधी विपरजोय गुजरातको तटीय जिल्लातर्फ सर्दै गएको छ, जसकाकारण मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । मंगलबार थप दुई जनाको मृत्यु भएपछि हालसम्म ६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन ।

भारत मौसम विभागले पूर्वानुमानका अनुसारका  चक्रवाती तूफानू कमजोर भएको  पनि राज्यमा प्रवेश गर्दा व्यापक क्षति हुन सक्ने जनाईएको छ ।

आईएमडी प्रमुख मृत्युञ्जय महापात्राले भने कि चक्रवातले कच्छ, देवभूमि द्वारका, जामनगर र पोरबन्दरका स्थानहरूमा अत्यन्त भारी वर्षा हुन सक्ने भएकाले सबै सुरक्षाका उपायहरू अपनाइएको छ । 

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  १० : ०९ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको