बिपरोजय तुफानले गुजरातमा ६ जनाको मृत्यु | Khabarhub Khabarhub

बिपरोजय तुफानले गुजरातमा ६ जनाको मृत्यु


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

गुजरात– चक्रवात विपरजोय आँधीका कारण गुजरातमा ६ जनाको मृत्यु भएको छ । हिजो देखी सुरु भएको बिपरजोय तुफानका कारण ३७ हजार भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ । 

तुफानको खतरा दिनानुदिन बढ्दै गएकोले गुजरात राज्य सरकारले जनतालाई सुरक्षित राख्न हरसम्भव प्रयास गरिरहेको जनाएको छ । जसअनुसार मंगलबारसम्म ८ जिल्लाका ३७ हजारभन्दा बढी मानिसलाई राज्य सरकारले आश्रयस्थलमा पठाएको थियो।

बिपरजोयको खतरालाई मध्यनजर गर्दै धेरै सरकारी निकायले गुजरातको सौराष्ट्रकच्छको तटीय जिल्लामा ठूलो अलर्ट जारी गरेका छन् । बिहीबार साँझ जखाउमा १२५–१३५ किलोमिटर प्रतिघण्टा र १५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने अनुमान गरिएको छ ।

चक्रवाती आँधी विपरजोय गुजरातको तटीय जिल्लातर्फ सर्दै गएको छ, जसकाकारण मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । मंगलबार थप दुई जनाको मृत्यु भएपछि हालसम्म ६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन ।

भारत मौसम विभागले पूर्वानुमानका अनुसारका  चक्रवाती तूफानू कमजोर भएको  पनि राज्यमा प्रवेश गर्दा व्यापक क्षति हुन सक्ने जनाईएको छ ।

आईएमडी प्रमुख मृत्युञ्जय महापात्राले भने कि चक्रवातले कच्छ, देवभूमि द्वारका, जामनगर र पोरबन्दरका स्थानहरूमा अत्यन्त भारी वर्षा हुन सक्ने भएकाले सबै सुरक्षाका उपायहरू अपनाइएको छ । 

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  १० : ०९ बजे

नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी सङ्खुवासभाबाट पक्राउ

सङ्खुवासभा – जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका

नमोबुद्धका पूर्वनगरप्रमुख तिमल्सिनाको निधन

काभ्रे– नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टङ्कप्रसाद (टीपी) शर्मा तिमल्सिनाको आज बिहान

नेताहरूको अनुहारमा मुसोलिनीको छाप

एकजना अमेरिकी लेखकले भनेका छन्- ‘लेख, केही न केही लेख

धवलागिरि आरोहण गर्न २४ जनाले अनुमति लिए

म्याग्दी– सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका

सार्वजनिक जग्गा व्यवस्थित गरिँदै

पाल्पा– सार्वजनिक जग्गा नागरिकको साझा सम्पत्ति भए पनि व्यक्तिगत रूपमा