राष्ट्रिय बिमा कम्पनीको साधारणसभा आज « Khabarhub

राष्ट्रिय बिमा कम्पनीको साधारणसभा आज


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय बिमा कम्पनीको वार्षिक साधारणसभा बुधबार बस्दैछ । 

साधारणसभामा साविकको राष्ट्रिय बिमा संस्थानको आर्थिक वर्ष २०६८-६९, २०६९-७० र २०७०-७१ र निर्जीवन बिमा विभागको आर्थिक वर्ष २०७०-७१, २०७१-७२ र २०७२-७३ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने एजेन्डा रहेको छ । 

यस पटक पनि कम्पनीले लाभांश वितरण भने नगर्ने भएको छ । तसर्थ, लगानीकर्ताको हात रित्तै हुने भएको छ । सभामा यी आर्थिक वर्षको प्रतिवेदन र सोही आर्थिक वर्षहरूको वासलात तथा नाफा नोक्सानसम्बन्धी प्रस्तावहरू पनि पेस गरिँदै छ । 

यस्तै, सर्वसाधारण सेयरधनीबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ १५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  १० : ५१ बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व