रुसी सेनामा नेपाली युवा भर्तीबारे जानकारी छैन : एनआरएनए « Khabarhub

रुसी सेनामा नेपाली युवा भर्तीबारे जानकारी छैन : एनआरएनए


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गैरआवासीय नेपाली संघ एनआरएनएले रुसी सेनामा नेपाली युवा भर्तीबारे कुनै जानकारी नभएको जनाएको छ । संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले यस विषयमा आफूहरूलाई कुनै जानकारी नभएको बताए ।

सामाजिक सञ्जालमा अहिले केही भिडियोहरू भाइरल भइरहेका छन् । जहाँ, नेपाली युवाले सैन्य तालिम लिइरहेको देख्न सकिन्छ । नेपाली भाषा बोलेर केही युवाले आफूहरूले रुसी सेनाको तालिम लिइरहेको बताएका छन् । भम्रण तथा विद्यार्थी भिसामा रुस पुगेका नेपाली युवाहरू धमाधम त्यहाँको सेनामा भर्ती भएको चर्चा छ ।

तर, रुसमै बस्ने संघका अध्यक्ष डा. केसीले भने यस विषयमा आफूले पनि सामाजिक सञ्जालबाटै जानकारी पाएको बताए । ‘यस विषयमा हामीलाई केही जानकारी छैन । मैले पनि तपाईँले जस्तै सामाजिक सञ्जालमा देखेको हुँ,’ डा. केसीले भने, ‘मस्कोस्थित दूतावासलाई समेत यसबारे केही जानकारी छैन । दूतावासका अधिकारीसँग म नियमित सम्पर्कमा छु ।’ यो विषयमा आफूहरूले बुझ्ने प्रयास गरिरहेको डा. केसीको भनाइ छ।

 

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  २ : १८ बजे

कांग्रेस देउवा समूहले मंसिर २१ देखि महाधिवेशन गर्ने, भदौ २५ भित्र जिल्ला अधिवेशन तयारी समिति बनाइसक्ने

काठमाडौं- नेपाली कांग्रेसमा शेरबहादुर देउवा नेतृत्वको समूहले पार्टीको १५औँ महाधिवेशनको

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीको कारण

देशकै छातीमा वज्रपात भयो, सबै दल र नागरिक जुटेर सामना गरौँ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं– रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीले

सेनालाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण