बङ्गलादेशमा नागरिकको औसत आयु ७२.४ वर्ष « Khabarhub

बङ्गलादेशमा नागरिकको औसत आयु ७२.४ वर्ष


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बङ्गलादेशको तथ्याङ्क विभागले सन् २०२२ मा बङ्गलादेशको औसत आयु ७२.४ वर्ष पुगेको जानकारी गराएको छ ।

विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२१ मा यो सङ्ख्या ७२.३ वर्ष रहेकोमा केही बढी भएको सरकारी निकायले मङ्गलबार आफ्नो बङ्गलादेश नमूना महत्वपूर्ण तथ्याङ्क २०२२ प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिवेदनअनुसार सन् २०२१ मा ७०.६ वर्षको तुलनामा सन् २०२२ मा पुरुषको औसत आयु ७०.८ वर्ष पुगेको छ । महिलाको औसत आयु सन् २०२१ मा ७४.१ वर्ष रहेकोमा सन् २०२२ मा बढेर ७४.२ वर्ष पुगेको छ ।

सन् २०२२ मा देशको समग्र शिशु मृत्युदर भने बढेको छ । सन् २०२१ मा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रति हजारमा २८ रहेकोमा सन् २०२२ मा बढेर ३१ पुगेको छ । यसका साथै एक वर्षमुनिका बालबालिकाको मृत्युदर पनि बढेको छ ।

कोभिड–१९ महामारीले विगत दशकमा यस क्षेत्रमा हासिल गरेका केही उपलब्धिलाई नास गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ८ : १५ बजे

थाइल्यान्डमा बसोबास गर्ने नेपालीलाई कृषिमन्त्रीले भनिन्- अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको विकासमा उपयोग गरौँ

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग थाइल्यान्डमा बसोबास गर्ने

कर्णाली नदीमा मिनीबस खस्यो

दैलेख- दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङगेतरा क्षेत्रमा मिनीबस कर्णाली

विपद्का घटनामा ३ जनाको मृत्यु, २३ जना घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ५२ वटा विभिन्न विपद्का घटना

शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष थापाले लिए शपथ

काठमाडौं- शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री तथा त्रिभुवन विश्वविद्यालय (त्रिवि) का

बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र निर्माण

काठमाडौं– नेपाली कला, संस्कृति तथा धार्मिक सम्पदाप्रति जनचेतना अभिवृद्धि गर्ने