राजघाट र गान्धी समाधिस्थल डुबानमा  « Khabarhub

राजघाट र गान्धी समाधिस्थल डुबानमा 


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– देशको राजधानी दिल्ली यतिबेला यमुनाको प्रकोपको सामना गरिरहेको छ । यमुनाको पानी बिहीबार दिल्ली प्रवेश गरेको थियो र शुक्रबार बिहान राजघाटसम्म पुगेको छ । राजघाट पार्क बिहान ३ बजेसम्म डुबेको थियो । त्यसपछि महात्मा गान्धीको समाधिस्थलसम्म बाढीको पानी पुगेको छ । 

यमुनाको पानी दिल्लीका धेरै आवासीय क्षेत्रमा प्रवेश गरेको छ । मर्निङ वाकका लागि गएका मानिसहरू शुक्रबार बिहान राजघाट पार्कमा पुगेपछि छक्क परे, बिहीबारसम्म बाढीको पानीको कुनै संकेत देखिएन तर आज बिहान ५ बजे बिहान पैदल हिँड्न यहाँ पुगेपछि पूरै पार्क डुबेको थियो। यति मात्र होइन पानी भर्ने क्रम पनि निरन्तर चलिरहेको छ, त्यो पनि तीव्र धाराको साथ । यो राजघाट छेउछाउका सबै क्षेत्रका लागि चिन्ताजनक अवस्था हो ।

राजघाटको अवस्था हेर्न आसपासका मानिसहरु आएका छन् । यहाँको पानी कम्मरभन्दा माथि छ र यदि पानी यही गतिमा बगिरह्यो भने पुरानो दिल्ली र नयाँ दिल्लीका सबै क्षेत्रलाई डुबानमा पार्न सक्छ । 

यसैबीच, दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय राजधानीमा बाढी र जलमग्न अवस्थाको बारेमा जानकारी लिन फ्रान्सबाट उनलाई फोन गरेका छन । 

सक्सेनाले ट्विट गर्दै भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्सबाट फोन गरी दिल्लीमा जलमग्न र बाढीको अवस्था र यससँग जुध्न भइरहेको प्रयासको बारेमा विस्तृत जानकारी लिनु भएको छ ।’ उनले केन्द्र सरकारबाट हरसम्भव सहयोग लिएर दिल्लीको हितमा उपयुक्त कदम चाल्न प्रधानमन्त्रीले निर्देशन दिएकोसमेत जानकारी दिएका छन् ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  १० : ०२ बजे

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध

प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा

काठमाडौं- निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई