राजघाट र गान्धी समाधिस्थल डुबानमा  « Khabarhub

राजघाट र गान्धी समाधिस्थल डुबानमा 


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– देशको राजधानी दिल्ली यतिबेला यमुनाको प्रकोपको सामना गरिरहेको छ । यमुनाको पानी बिहीबार दिल्ली प्रवेश गरेको थियो र शुक्रबार बिहान राजघाटसम्म पुगेको छ । राजघाट पार्क बिहान ३ बजेसम्म डुबेको थियो । त्यसपछि महात्मा गान्धीको समाधिस्थलसम्म बाढीको पानी पुगेको छ । 

यमुनाको पानी दिल्लीका धेरै आवासीय क्षेत्रमा प्रवेश गरेको छ । मर्निङ वाकका लागि गएका मानिसहरू शुक्रबार बिहान राजघाट पार्कमा पुगेपछि छक्क परे, बिहीबारसम्म बाढीको पानीको कुनै संकेत देखिएन तर आज बिहान ५ बजे बिहान पैदल हिँड्न यहाँ पुगेपछि पूरै पार्क डुबेको थियो। यति मात्र होइन पानी भर्ने क्रम पनि निरन्तर चलिरहेको छ, त्यो पनि तीव्र धाराको साथ । यो राजघाट छेउछाउका सबै क्षेत्रका लागि चिन्ताजनक अवस्था हो ।

राजघाटको अवस्था हेर्न आसपासका मानिसहरु आएका छन् । यहाँको पानी कम्मरभन्दा माथि छ र यदि पानी यही गतिमा बगिरह्यो भने पुरानो दिल्ली र नयाँ दिल्लीका सबै क्षेत्रलाई डुबानमा पार्न सक्छ । 

यसैबीच, दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय राजधानीमा बाढी र जलमग्न अवस्थाको बारेमा जानकारी लिन फ्रान्सबाट उनलाई फोन गरेका छन । 

सक्सेनाले ट्विट गर्दै भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्सबाट फोन गरी दिल्लीमा जलमग्न र बाढीको अवस्था र यससँग जुध्न भइरहेको प्रयासको बारेमा विस्तृत जानकारी लिनु भएको छ ।’ उनले केन्द्र सरकारबाट हरसम्भव सहयोग लिएर दिल्लीको हितमा उपयुक्त कदम चाल्न प्रधानमन्त्रीले निर्देशन दिएकोसमेत जानकारी दिएका छन् ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  १० : ०२ बजे

इन्डोनेसियामा पहिरो : ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी – इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले