‘रूसी सेनाले युक्रेन नछाडेसम्म वार्ता हुँदैन’ « Khabarhub

‘रूसी सेनाले युक्रेन नछाडेसम्म वार्ता हुँदैन’


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रुसी सेनाले आफ्नो भूमि नछोडेसम्म मस्कोसँग वार्ता नगर्ने युक्रेनले स्पष्ट गरेको छ । युक्रेनी राष्ट्रपतिको कार्यालयका प्रमुखले शुक्रबार रूसी सैनिक युक्रेनबाट बाहिरिएपछि मात्र वार्ताका बारेमा विचार गर्न सकिने बताएका छन् ।

युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री येर्माकले रूसी सेनाले युक्रेनी भूभाग छोडेपछि मात्र वार्ताहरूका बारेमा विचार गरिने पत्रकारहरूलाई बताएका छन् ।

यसैबीच, अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङकेनले रसियालाई अर्को हप्ता समाप्त हुने खाद्यान्न आपूर्ति सम्झौताको अवधि बढाउन दबाब दिँदै यदि त्यसो नभएमा विकासोन्मुख विश्वले क्षति भोग्नुपर्ने चेतावनी दिएका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शुक्रबार आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनले युक्रेनमा मस्कोको आक्रमणबाट उत्पन्न भएको विश्वव्यापी खाद्य सङ्कटलाई कम गर्न युक्रेनी अन्नको निर्यात अनुमति दिने सम्झौता नवीकरण गर्न सहमत भएको बताएका छन् ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ९ : ०९ बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको