‘रूसी सेनाले युक्रेन नछाडेसम्म वार्ता हुँदैन’ « Khabarhub

‘रूसी सेनाले युक्रेन नछाडेसम्म वार्ता हुँदैन’


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रुसी सेनाले आफ्नो भूमि नछोडेसम्म मस्कोसँग वार्ता नगर्ने युक्रेनले स्पष्ट गरेको छ । युक्रेनी राष्ट्रपतिको कार्यालयका प्रमुखले शुक्रबार रूसी सैनिक युक्रेनबाट बाहिरिएपछि मात्र वार्ताका बारेमा विचार गर्न सकिने बताएका छन् ।

युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री येर्माकले रूसी सेनाले युक्रेनी भूभाग छोडेपछि मात्र वार्ताहरूका बारेमा विचार गरिने पत्रकारहरूलाई बताएका छन् ।

यसैबीच, अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङकेनले रसियालाई अर्को हप्ता समाप्त हुने खाद्यान्न आपूर्ति सम्झौताको अवधि बढाउन दबाब दिँदै यदि त्यसो नभएमा विकासोन्मुख विश्वले क्षति भोग्नुपर्ने चेतावनी दिएका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शुक्रबार आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनले युक्रेनमा मस्कोको आक्रमणबाट उत्पन्न भएको विश्वव्यापी खाद्य सङ्कटलाई कम गर्न युक्रेनी अन्नको निर्यात अनुमति दिने सम्झौता नवीकरण गर्न सहमत भएको बताएका छन् ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ९ : ०९ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि