भारतीय प्रधानमन्त्री मोदीलाई फ्रान्सको सर्वोच्च नागरिक सम्मान « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीलाई फ्रान्सको सर्वोच्च नागरिक सम्मान


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

पेरिस- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्सको सर्वोच्च नागरिक सम्मानबाट सम्मानित भएका छन् । हाल फ्रान्स भ्रमणमा रहेका मोदीलाई फ्रान्सले ‘लिजन अफ अनर’ प्रदान गरेको हो ।

यससँगै मोदी यस सम्मान प्राप्त गर्ने पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् । फ्रान्सले विश्वका प्रमुख नेता र प्रतिष्ठित व्यक्तित्वहरूलाई लिजन अफ अनर प्रदान गर्दै आएको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोनले पेरिसको एलिसी प्यालेसमा आयोजित रात्रिभोजमा मोदीलाई उक्त सम्मान प्रदान गरेका थिए । भारतीय विदेशमन्त्रालयले मोदीलाई दिइएको सम्मानप्रति धन्यवाद ज्ञापन गरेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले मोदीले प्राप्त गरेको सम्मान भारत–फ्रान्स साझेदारीको भावनाको न्यानो प्रतीकको रूपमा रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ९ : ५९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको