भारतीय प्रधानमन्त्री मोदीलाई फ्रान्सको सर्वोच्च नागरिक सम्मान « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीलाई फ्रान्सको सर्वोच्च नागरिक सम्मान


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

पेरिस- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्सको सर्वोच्च नागरिक सम्मानबाट सम्मानित भएका छन् । हाल फ्रान्स भ्रमणमा रहेका मोदीलाई फ्रान्सले ‘लिजन अफ अनर’ प्रदान गरेको हो ।

यससँगै मोदी यस सम्मान प्राप्त गर्ने पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् । फ्रान्सले विश्वका प्रमुख नेता र प्रतिष्ठित व्यक्तित्वहरूलाई लिजन अफ अनर प्रदान गर्दै आएको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोनले पेरिसको एलिसी प्यालेसमा आयोजित रात्रिभोजमा मोदीलाई उक्त सम्मान प्रदान गरेका थिए । भारतीय विदेशमन्त्रालयले मोदीलाई दिइएको सम्मानप्रति धन्यवाद ज्ञापन गरेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले मोदीले प्राप्त गरेको सम्मान भारत–फ्रान्स साझेदारीको भावनाको न्यानो प्रतीकको रूपमा रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ९ : ५९ बजे

इन्डोनेसियामा पहिरो : ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी – इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले