चीनको सान्सी प्रान्तमा पहिरो जाँदा २१ जनाको मृत्यु « Khabarhub

चीनको सान्सी प्रान्तमा पहिरो जाँदा २१ जनाको मृत्यु


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनको सान्सी प्रान्तको सियान क्षेत्रमा भीषण वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो गएको छ । पहिरोमा परी आइतबार साँझसम्म मृत्यु हुनेको संख्या २१ पुगेको छ । घटनामा ६ जना बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य जारी रहेको जनाइएको छ ।

भारी वर्षा, बाढी र पहिरोले सियान जिल्लाको चाङआन गाउँमा क्षति पुर्‍याएको थियो। पहिरोले राष्ट्रिय राजमार्ग २१० मा रहेका दुई घर र २१ वटा खण्डमा क्षति पुगेको छ ।

सियान ब्यूरो अफ इमर्जेन्सी म्यानेजमेन्टलाई उद्धृत गर्दै भनिएको छ– ‘प्रकोपले तीनवटा विद्युत आपूर्ति पूर्वाधारमा क्षति पुगेको छ। जसका कारण हाल ९ सय घरमा बिजुली छैन ।’

यसैबीच खोज, उद्धार र विपद् राहत कार्यमा लाइफ डिटेक्टर, स्याटेलाइट फोन, स्निफर डगलगायतका एक हजार थान उपकरण परिचालन गरिएको छ । शहरमा अनसाइट कमाण्ड सेन्टर पनि स्थापना गरिएको छ । खोज, उद्धार र विपद् राहत कार्यमा ९८० जनाभन्दा बढी कर्मचारीसहित र प्रहरी विभागसहित १४ वटा उद्धार टोली खटाइएको छ ।

आइतबार साँझसम्म १ सय ८६ जना बासिन्दालाई अन्यत्र सारिएको छ । राष्ट्रिय राजमार्ग २१० को तीन वटा गम्भीर क्षतिग्रस्त खण्ड पुनर्निर्माण गरिएको छ।

सामान्य क्षति भएका २१ सडक खण्डमा अहिले पनि काम भइरहेको छ भने ४९ प्रभावित क्षेत्रमा सञ्चार सेवा सुचारु गरिएको छ । यसैबीच ८ सय ५५ घरमा विद्युत् आपूर्ति सुचारु भएको छ ।

गाउँका दुई घर बगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । साथै वरपरका सडक, पुल, विद्युत् आपूर्ति र अन्य पूर्वाधारमा क्षति पुगेको छ । शान्सीमा सशस्त्र प्रहरी बलको सियान डिटेचमेन्टले प्रभावित क्षेत्रमा १०० भन्दा बढी कर्मचारी तैनाथ गरेको छ। प्रभावित क्षेत्रमा प्रारम्भिक खोज तथा उद्धार कार्य भइरहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ९ : ५६ बजे

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण

धवल शमशेरलाई राप्रपामै फर्किन अध्यक्ष लिङ्देनको आग्रह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा

वैवाहिक बलात्कार अभियोगमा न्यायाधीश गिरीलाई सफाइ

काठमाडौं । सर्वोच्च अदालतले वैवाहिक बलात्कारको अभियोगबाट जिल्ला न्यायाधीश भुवन