बुढीगण्डकीको शिलान्यास छिट्टै हुन्छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

बुढीगण्डकीको शिलान्यास छिट्टै हुन्छ : प्रधानमन्त्री


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयवासीको माग सम्बोधन गरी बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास छिट्टै गरिने बताएका छन् ।

गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय गौरवको परियोजना भएकाले शीघ्र अघि बढाउने बताएका हुन् । यही साउन ३ गते सो आयोजनाको फिल्ड कार्यालय उद्घाटन भइसकेको छ ।

प्रधानमन्त्रीले आयोजना प्रभावित स्थानीयबासीले मुआब्जालगायतका विषयमा उठाएका माग सम्बोधन गर्ने र उनीहरूलाई समेत विश्वासमा लिएर अगाडि बढाउने विश्वास दिलाएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।

यस्तै, गोरखाको धौवादीघाटको पुल निर्माणलाई पनि छिट्टै अगाडि बढाइने प्रधानमन्त्रीको भनाइ थियो । त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएको झोलुङ्गे पुलको पुनर्निर्माण समेत तत्काल शुरु गर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने हिक्लुङघाटको झोलुङ्गे पुल त्रिशुलीको बाढीले क्षति पु¥याएको छ ।सो अवसरमा अन्य विकास निर्माणलगायतका विषयमा समेत प्रधानमन्त्रीसँग महत्वपूर्ण छलफल भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

यस्तै सुदूरपश्चिम अत्यधिक वर्षाका कारण आएको बाढी र पहिरोले पुर्‍याएको क्षति तथा भीमदत्त राजमार्गमा भएको अवरोध खुलाउने विषयमा सुदूरपश्चिम प्रदेशका नेकपा (माओवादी केन्द्र)का नेताहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । वैकल्पिक मार्गका रुपमा रहेको दैजी जोगबुढी सडक सञ्चालन गर्ने विषयमा समेत सो अवसरमा छलफल भएको थियो ।

छलफलकै क्रममा प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव केशवकुमार शर्मालाई टेलिफोन गरी भिमदत्त राजमार्ग नियमित सञ्चालन हुने वातावरण बनाउन र दैजी जोगबुढा सडक सञ्चालनका लागि आवश्यक प्रबन्ध गर्न निर्देशन दिएको सुदूरपश्चिम प्रदेशसभाका सदस्य ओमविक्रम भाटले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले बाढी प्रभावित क्षेत्रमा शीघ्र राहत तथा उद्धारको प्रबन्ध गर्न समेत निर्देशन दिएका थिए । 

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  १२ : ०८ बजे

फेवाताल संरक्षणमा सरकारले ध्यान दिइरहेको छ : मुख्यमन्त्री पाण्डे

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटकीय आकर्षणको केन्द्रका रूपमा

हिजबुल्लाहलाई निःशस्त्र गर्ने प्रतिबद्धतापछि अमेरिकी दूतले इजरायलसँग युद्धविरामबारे छलफल गर्ने

बेरुत- लेबनानले हिजबुल्लाहलाई निःशस्त्र बनाउने अमेरिकी समर्थित योजनालाई समर्थन गरेपछि

‘युक्रेनी बालबालिकाको अपहरण’ बारे ध्यान दिएकोमा मेलानिया ट्रम्पलाई जेलेन्स्कीले दिए धन्यवाद

वाशिङ्टन- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार अमेरिकी प्रथम महिला मेलानिया

मुख्यमन्त्री शाह र धनगढी उप-महानगरपालिका नगर प्रमुख हमालबीच भेटवार्ता

काठमाडौं– सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमल बहादुर शाह र धनगढी उप-महानगरपालिका

हस्ताक्षर अभियानबारे शेखरको अडान : सरकारले गर्ने अरू धेरै काम छन्, अलोकप्रिय कदम नचालौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मंगलबार सिंहदरबारस्थित संसदीय