एनआरएनए इराकले एक नेपालीको शव नेपाल पठायो  « Khabarhub

एनआरएनए इराकले एक नेपालीको शव नेपाल पठायो 


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

दोहा – रोजगारीका लागि इराक पुगेर मृत्यु भएको एक नेपालीको शव चन्दा संकलन गरेर नेपाली पठाईएको छ । कुर्दिस्तानको सुलेमानी स्थित कुनामासिमा खोलामा डुबेर मृत्यु भएका हस्त बहादुर वाइवाको शव चन्दा उठाएर नेपाल पठाइएको हो ।

मृतक वाइवाको गत २६ जुनका दिन इदको छुट्टी मनाउने क्रममा कुर्दिस्तानको सुलेमानी स्थित कुनामासिमा खोलामा डुबेर मृत्यु भएको गैर आवासीय नेपाली संघ(एनआरएनए) इराकका अध्यक्ष बिनोद श्रेष्ठले बताए ।

मृतकको शव पठाउन समस्या भएपछि एनआरएनए इराकको पहलमा सुलेमानिमा स्थापित संघ-संस्था नेपाल तामाङ घेदुङ कुर्दिस्तान कुर्दिस्तान, कुर्दिस्तान प्रवासी नेपाली समाज, सुलेमानी र नेपाल ख्रीष्टियन समाज सुलेमानीको सहयोगमा वाइवाको शव नेपाल पठाइएको एनआरएनए अध्यक्ष श्रेष्ठले जानकारी दिए।

वाइवाको शव नेपाल पठाउन लाग्ने कुल खर्च ४ हजार ३०० डलरमा रोजगारदाता कम्पनिले २ हजार १५० डलर ब्यहोरेको थियो भने मृतक वाइबाको साथमा भएको प्रहरी मार्फत प्राप्त भएको रकम ५२७ डलर र शव पठाउने अभियान चलाएर उठेको रकम २ हजार ९०४ डलरमा बाँकी रहेको एक हजार २८१ डलर एनआरएनए इराकसँगनै रहेको उनले बताए ।

बाँकी रहेको उक्त रकम एनसीसी इराकको बैठक बसि केही थप सहयोग रकम सहित मृतकको परिवारलाई पठाइने उनले बताए । साथै वाइवाको शव नेपाल पठाउन सहयोग गर्ने अन्य बिभिन्न संस्थाहरूको अलावा अभियान्ता, नेपाली महिला समाज कुर्दिस्तान इराकलाई पनि धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ४ : ५५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका