सत्ता गठबन्धनको बैठक : सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाउने निर्णय « Khabarhub

सत्ता गठबन्धनको बैठक : सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाउने निर्णय


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ गठबन्धनले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठन नगर्ने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धन बैठकले राज्यको निकायले नै सुन तस्करी प्रकरणमा छानविन गरिरहेकाले उच्चस्तरीय छानविन आयोग गठन गर्ने एमालेको मागलाई स्वीकार गर्न नसक्ने निष्कर्ष निकालेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

उनले सिआइबीले छानविन गर्ने काम गरिरहेको अवस्थामा उच्चस्तरीय छानविन माग्नु भनेको अहिलेको छानविनलाई प्रभावित पार्नु भएकोमा एकमत रहेको उनले बताए । बैठकमा सुन प्रकरणमा पूर्वसभामुख कृष्ण बहादुर महराको नाम जोडिएको बिषयमा छानविनको प्रक्रियामा रहेको गृहमन्त्रीले जानकारी गराउनुभएको पाण्डेले बताए ।

त्यस्तै गौरहत्या प्रकरणमा आफुहरुलाई निशाना बनाएको भन्दै जसपाका नेताहरुले आपत्ति जनाएका थिए । यस बिषयमा चारवटा प्रतिवेदनका फरक फरक निष्कर्ष निस्किएको र प्रभावितहरुको सम्पूर्ण माग पुरा भएकाले कानूनसम्बन्ध ढंगले टुङ्गाउनुपर्छ भन्ने बिषयमा बैठकमा छलफल भएको पाण्डेले बताए । त्यस्तै ललिता निवास प्रकरणमा पनि छलफल भएको उनले बताए

उनले गठबन्धनको बैठक पुन बस्ने र थप बिषयमा पुन छलफल हुने जानकारी दिए ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ८ : २४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल